फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन पारबाहन सम्झौता गर्नु जरुरी रहेको चीनका लागि पूर्व नेपाली राजदूतको भनाइ

(GMT+08:00) 2015-10-13 18:10:58

           नेपाललाई समस्या पर्दा विकल्पको रुपमा उत्तर तर्फको नाकालाई ब्यवस्थित बनाउने मात्र होइन पारवाहन सम्झौता समेत गर्न आवश्यक रहेको यस क्षेत्रका विज्ञहरुले बताएका छन्। चीनका लागि पूर्व राजदूत राजेश्वर आचार्यले आफू राजदूत रहँदा नै अघि बढाएको पारबाहन सम्झौता (ट्रान्जिट ट्रिटी) अझै हुन नसक्नु दुखद भन्दै त्यसमा पहलकदमी आवश्यक रहेको बताउनुभयो।

          चीनले पारबाहन नभनि यातायात सम्झौता गर्ने खाका सन् 2002 देखि नै सरकारको कुनै कुनामा थन्किएको हुनसक्ने उहाँको गुनासो थियो। आचार्यको भनाईलाई साथ दिदै पूर्व मुख्य सचिव लिलामणी पौड्यालले पनि पारबाहनको विषयलाई आफू ल्हासाको महाबाणिज्य दूत हुदा लगातार परराष्ट्रमा प्रस्ताव गरेको तर पटक पटक प्रयास गर्दा पनि सुनुवाई नभएको बताउनुभयो।

          चीनको बेइजिङमा बसेर नेपाली पत्रकारीता गरिरहेका चेतनाथ आचार्य द्धारा लेखिएको 'मेरा आँखामा चीन' नामक पुस्तक सार्वजनिक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन । चीनको विसंगती, राजनीति, संस्कृती, चीनको सफलता, चीन नेपाल सम्वन्ध लगायत सबै पक्षलाई समेटेर लेखिएका उक्त पुस्तक प्रज्ञाप्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सोमबार प्रतिष्ठानमा सार्वजनिक गर्नुभयो।

          पुस्तक विमोचन लगत्तै आचार्यले नेपालले अहिले भोगिरहेको दक्षिणी 'नाकाबन्दी'बाट पाठ सिकेर तत्काल चीन तर्फको सम्वन्धलाई जोड दिनपर्ने बताउनुभयो। चीनको पर्यटकलाई नेपाल भित्र्याउन आफूले गरेको प्रयास लगायतको विषयमा जानकारी दिदै चीन र नेपालबीच धेरै गर्न सकिने सम्भावनाहरु छन तर त्यसमा कसैले काम गर्न सकेका छैन । काम गर्दा नै डराउने प्रवृत्तिले समस्या भएको उहाँले बताउनुभयो। पूर्व मुख्य सचिव पौड्यालले पनि यस विषयमा सरकारको ध्यान नपुगेको बताउदै राजनीतिक नेतृत्वमा हुन सकेको उहाँले बताउनुभयो।

          कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले नेपाल चीनसम्वन्धको नयाँ आयमको चर्चा गर्दै वर्तमान नाकाबन्दी वा असहज पर्दा मात्र सम्झने गरि होइन अन्य समयमा पनि उत्तिकै महत्व दिएर अवसरको उपयोगीता गर्न सक्नुपर्ने बताउनुभयो। दक्षिणी मित्रको बारेमा जति जानकारी छ उत्तरबारे जानकारी खासै छैन भन्दै यो पुस्तकले त्यसमा केही इट्टा थप्ने काम गर्ने बताउनुभयो। चिनिया अन्तराष्ट्रिय रेडियोमा कार्यरत पत्रकार आचार्यले कान्तिपुर मार्फत समेत चीनबारे समाचार उपलब्ध गराउने गरेको जानकारी दिदै त्यही प्रकाशित लेख पुस्तकको रुपमा आएकोमा खुशी ब्यक्त गर्नुभयो। उहाँले नेपाल चीनको सम्वन्ध दुई नाकामा मात्र केन्द्रित नभै बहुआयामिक रहेको बताउनुभयो।

           कार्यक्रममा अन्य उपस्थित बक्ताहरुले पुस्तक र नेपाल चीन सम्वन्धको बारेमा प्रकाश पारेका थिए।

जानकारी तथा लेखहरु