फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ्ग यीद्वारा नेपालका उप-प्रधानमन्त्री एवम् विदेशी मन्त्री कमल थापालाई टेलिफोनबाट बधाई

(GMT+08:00) 2015-10-19 18:39:43

अक्टोबर 16 तारिख चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले नेपालका उप-प्रधानमन्त्री एवम् विदेशी मन्त्री कमल थापालाई पद सम्हालेको अवसरमा टेलिफोनबाट बधाई दिनुभएको छ।

श्री वाङ्ग यीले बधाई सन्देशमा चीन र नेपाल मैत्रिपूर्ण छिमेकी,साझेदारी र साथी भएको र केही वर्ष यता दुई देशको सम्बन्ध राम्ररी विकास हुँदै आएकोले दुई मुलुकका जनताका लागि हितकर रहेको बताउनुभएको छ।

चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिंदै आएको र नेपालद्वारा दृढताका साथ एक चीन नीतिलाई व्यवहारमा उतारेकोमा प्रशंसा गरेको छ। नेपालले देशको सार्वभौमिकता, स्वाधिनता, प्रादेशिक अखण्डाको संरक्षणका लागि गरेको प्रयासलाई चीनले पहिले गरिआए झैं पछिसम्म पनि समर्थन गर्दै जाने पनि परराष्ट्र वाङ्गले व्यक्त गर्नुभएको छ।

मन्त्री वाङ्ग यीले थापासँगसँगै घनिष्ठ सहयोग गरी चीन र नेपालबीच मैत्रिपूर्ण साझेदारी सहयोगात्मक सम्बन्धलाई निरन्तर रुपमा अघि बढाउने बताउनुभएको छ।

जानकारी तथा लेखहरु