फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हातमा हात मिलाएर सहयोग र संयुक्त जीत सम्बन्धी नयाँ साझेदारीको स्थापना र एकताबद्ध भएर मानव जातिको भाग्य सम्बन्धी एकरुपताको निर्माण

(GMT+08:00) 2015-10-28 18:21:25

-----संयुक्त राष्ट्र संघको 70औं सामान्य बहसमा दिनुभएको मन्तव्य

(सन् 2015को सेप्टेम्बर अठाईस तारिख, न्यूयोर्क)

जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग

अध्यक्ष ज्यू, सहकर्मीहरू:

सत्तरी वर्षअघि हाम्रा पुराना पुस्ताले सबैभन्दा सामान्य, प्रतिनिधित्व र आधिकारिक अन्तर्राष्ट्रिय संगठन अर्थात् संयुक्त राष्ट्र संघको स्थापना गरी मानव जातिको नयाँ अभिलाषा अभिव्यक्त गर्नुका साथै सहयोगको नयाँ युगको पनि आरम्भ गरेको थियो। त्यो बिशाल गतिबिधि अभूतपूर्व रहेको छ।

सत्तरी वर्षअघि हाम्रा पुराना पुस्ताले विभिन्न पक्षका बुद्धिमत्ता तथा विवेक सङ्कलन गरेर संयुक्त राष्ट्र संघको बडा पत्र तर्जुमा गरेको थियो। त्यसबाट आधुनिक अन्तर्राष्ट्रिय परिपाटीको कोसेढुङ्गा स्थापना गरिनुका साथै वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमलाई पनि निश्चित गरिएको छ। त्यो उपलब्धिको गहिरो प्रभाव रहंदैआएको छ।

अध्यक्ष ज्यू, सहकर्मीहरू:

गत सेप्टेम्बर तीन तारिख चिनियाँ जनताले समस्त विश्वका जनताहरूसँगै मिलेर भव्यताका साथ चिनियाँ जनताको जापानी अतिक्रमणकारी युद्ध एवम् फासिस्ट विरुद्ध विश्व युद्ध बिजयी भएको 70औँ वार्षिकोत्सवको स्मरण गरेका थिए। पूर्वी जगतको मुख्य युद्धस्थलको रुपमा रही चीनले तीन करोड पचास लाखभन्दा बढी मानिसको ज्यानको समर्पण गर्नुका साथै जापानी सैन्यवादको मुख्य सैनिक शक्तिलाई प्रहार गरेको थियो। त्यसले देश र जनतालाई कठिन अवस्थाबाट जोगाउनुका साथै यूरोप र प्रशान्त महासागरीय युद्धस्थलमा रहेका प्रतिरोधात्मक शक्तिलाई सशक्त समर्थन दिएको थियो। त्यसबाट फासिस्ट विरुद्ध विश्व युद्धमा बिजयी प्राप्तीका लागि ऐतिहासिक योगदान पनि गरिएको थियो।

इतिहास एउटा ऐना हो। इतिहासबाट अनुभव गरेर मात्र बितेको गल्ती पुन: दोहर्‌याउने छैन। हामीले गम्भीरताका साथ मायालु भाव लिएर इतिहासको कदर गर्नुपर्छ। इतिहास परिवर्तन हुँदैन। तैपनि भविष्यको सिर्जना गर्नसक्छ। इतिहासको याद गर्नु घृणालाई निरन्तरता दिने होइन, बरु इतिहासबाट उपयुक्त अनुभव सिक्नुपर्छ। इतिहासलाई पछ्याउनु भनेको बितेका कुराको सोच-विचार गर्नु मात्र नभई भविष्यको सिर्जना पनि गर्नु हो। जसबाट शान्तिको ज्योतिलाई विभिन्न पुस्तासम्म फैलाउन सकिनेछ।

अध्यक्ष ज्यू, सहकर्मीहरू:

बितेका सत्तरी वर्षदेखि संयुक्त राष्ट्र संघले शान्तिको सँरक्षण गर्न, घरबारको निर्माण गर्न र सहयोग खोज्नका लागि विभिन्न देशहरूले सर्भेक्षण र अभ्यास गरेको घटनाको प्रमाणित गर्दैआएको छ। नयाँ ऐतिहासिक शुरुवातमा रहँदा 21औं शताब्दीमा विश्व शान्ति र विकास भन्ने महत्वपूर्ण प्रश्नको कसरी राम्रोसँग जवाफ दिने सन्दर्भमा संयुक्त राष्ट्र संघले अझ गहन रुपमा विचार गर्नु ज्यादै आवश्यक छ।

हाल विश्वको प्रारुप तीव्र गतिले परिवर्तन हुने ऐतिहासिक प्रक्रियामा रहेको छ। शान्ति, विकास र प्रगतिको सुनौलो किरणबाट युद्ध, गरिब र पिछडिएको अवस्थाको कालो छायाँलाई पूराका पूरै मेटाउन सकिन्छ। विश्व ध्रुवीकरण विकसित हुँदैगएको सिलसिलामा नव विकसित बजारमूलक मुलुक र विकासोन्मुख मुलुकहरू समृद्ध हुने कुरा छेक्न नसकिने ऐतिहासिक प्रवाह बनिसकेको देखिन्छ। अर्थतन्त्रको विश्वव्यापीकरण र समाजको सूचनाकरणले समाजको उत्पादित शक्तिलाई मुक्ति र विकसित पारेको छ। त्यसले विकासको अभूतपूर्व अवसरको सिर्जना गर्नुका साथै निष्ठापूर्वक व्यवहार गर्नुपर्ने नयाँ त्रास-धम्की र चुनौती पनि ल्याएको छ।

शान्ति, विकास, निष्पक्षता, न्याय, प्रजातन्त्र र स्वतन्त्रता यी सबै नै समस्त मानव जातिको साझा मूल्य हुनुका साथै संयुक्त राष्ट्र संघको महान लक्ष्य पनि हो। हालसम्म लक्ष्य पूरा नभएबाट हामीले अझ प्रयास गर्नुपर्छ। वर्तमान विश्वका विभिन्न मुलुकहरू एक अर्कामा भर पर्नुका साथै एकापसमा घनिष्ट सम्बन्ध रहेको छ। हामीले संयुक्त राष्ट्र संघको बडा पत्रको उद्देश्य र सिद्धान्तको बिंडो थामेर प्रचार-प्रसार गर्नुका साथै सहयोग र साझा जीत केन्द्रित रहेको नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गरी मानव जातिको भाग्य सम्बन्धी एकरुपताको निर्माण गर्नुपर्छ। त्यसै कारण हामीले गर्नुपर्ने प्रयास यस प्रकार छन्:

------हामीले समान रुपमा व्यवहार गर्ने र एकले अर्कासित विचार-विमर्श गर्ने साझेदारी सम्बन्धको स्थापना गर्नुपर्छ।

संयुक्त राष्ट्र संघको बडापत्रमा सार्वभौमिक्ता समान हुने सिद्धान्त भरिपूर्ण रहेको छ। विश्वको भविष्य र भाग्य नै विभिन्न मुलुकहरूले संयुक्त रुपमा सिर्जना गर्नुपर्छ। विश्वका विभिन्न मुलुक सबै समान हुन्। ठूलो मुलुकले सानो मुलुकलाई थिचोमिचो गर्नु, सशक्त मुलुकले कमजोर मुलुकमाथि दबाव लगाउनु र सम्पन्न मुलुकलाई विपन्न मुलुकले आक्रमण गर्नु हुँदैन। सार्वभौमिक्ताको सिद्धान्त विभिन्न मुलुकको सार्वभौमिक्ता र भूखण्डको अक्षुण्णतामाथि थिचोमिचो नगर्ने र आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने सम्बन्धमा प्रतिबिम्बित गरिनु मात्र नभई विभिन्न मुलुकले आफ्नो विचार बमोजिम सामाजिक व्यवस्था र विकासको बाटो रोज्ने अधिकारको सँरक्षण गर्नुपर्ने सम्बन्धमा पनि प्रतिबिम्बित गरिनुपर्छ। साथै विभिन्न मुलुकले आर्थिक र सामाजिक विकासलाई अघि बढाउन र जनताको जीवन सुधार गर्नका लागि गरेको प्रयासको कदर गर्नुपर्ने सम्बन्धमा पनि प्रतिबिम्बित गरिनुपर्छ।

हामीले बहुपक्षीयवादलाई कायम राख्नुपर्छ र एकतर्फीवाद राख्नुहुँदैन। हामीले दुवै समृद्ध, बहु समृद्ध र साझा जीत हुने नयाँ विचारधारा अपनाउनुपर्छ र मेरो जीत तिमी हार्‌यो अथवा बिजेताले सबैलाई हेला गर्ने पुरानो विचारधारालाई त्याग्नुपर्छ। सम्झौता प्रजातन्त्रको महत्वपूर्ण तरिका भएकाले वर्तमान विश्वमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि सञ्चालन गरिने महत्वपूर्ण उपाय बन्नुपर्छ। यसाबाहेक, सम्झौता-वार्ताद्वारा वाद-विवादको समधान र सम्झौतामार्फत मतभेदलाई मेटाइने प्रस्ताव गर्नुपर्छ। हामीले अन्तर्राष्ट्रिय र क्षेत्रीय तहमा सारा पृथ्वीको साझेदारी सम्बन्धको निर्माण गरी "प्रतिद्बन्दीको सट्टा वार्ता गर्ने र संगातीको सट्टा साझेदार बन्ने" देश र देश बीच आवत-जावत हुने नयाँ बाटो हिंड्नुपर्छ। ठूला मुलुक बीच व्यवहार गर्नका लागि आपसी संघर्ष नहुने, एकले अर्काको प्रतिरोध नगर्ने, एकले अर्काको सम्मान गर्ने र सहयोग गरेर संयुक्त जीत हासिल गर्नुपर्छ। ठूला मुलुक तथा साना मुलुक बीच व्यवहार गर्नका लागि समान भएर एकले अर्काको हक-अधिकार र हितको सँरक्षण तथा सम्मान गर्नुपर्छ।

------हामीले निष्पक्ष, न्यायोचित र साझा निर्माण र उपभोग हुने सुरक्षित प्रारुपको स्थापना गर्नुपर्छ।

अर्थतन्त्रको विश्वव्यापीकरण युगमा विभिन्न मुलुकको आ-आफ्नो सुरक्षा बीच घनिष्ट सम्बन्ध रहेको छ भने एकले अर्कालाई असर पार्ने हुन्छ। कुनै पनि मुलुकले आफ्नो शक्तिमार्फत आफ्नो देशको सुरक्षाको सँरक्षण गर्न सकेको छैन भने कुनै पनि मुलुकले अरु देशको डाँबाडोल अवस्थाबाट आफ्नो देशमा स्थिरता स्थापना गर्नसक्ने छैन। सशक्त मुलुकले कमजोर मुलुकलाई थिचोमिचो गर्ने कारवाई जङ्गली नियम हो, देश र देश बीच व्यवहार गरिने सिद्धान्त होइन।

हामीले सबै खालको शीतयुद्ध विचारलाई त्याग गरेर संयुक्त, मिलिजुली, सहयोगी र दिगो सुरक्षा हुने नयाँ विचारधाराको स्थापना गर्नुपर्छ। हामीले युद्धको प्रतिरोध गर्ने र शान्तिको सँरक्षण गर्ने सन्दर्भमा संयुक्त राष्ट्र संघ तथा सुरक्षा परिषद्को केन्द्रीय भूमिका निर्वाह गर्नुपर्छ। हामीले शान्तिपूर्ण तवरले वाद-विवादको समाधान गरी आर्थिक र सामाजिक क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउनुपर्छ। हामीले एकताबद्ध भएर परम्परागत र गैर-परम्परागत सुरक्षा धम्कीको सामना गरी युद्धको खतरालाई रोक्नु पर्नेछ।

------हामीले खुलस्त, सिर्जनशील, सहिष्णुता र आपसी हितयुक्त भावी विकासको सिर्जना गर्नुपर्छ।

सन् 2008मा देखा परेको अन्तर्राष्ट्रिय आर्थिक बैकिङ्ग संकटबाट हामीलाई के बताइएको छ भने पूँजीको जथाभावी रुपमा दुरुपयोग गरिने कुराबाट नयाँ चरणको संकट उत्पन्न हुनसकिनेछ। बजारमा नैतिक भावना अभाव रहेमा समस्त विश्वको समृद्धि र विकासको स्थापनाका लागि निकै गाह्रो छ। अर्को दृष्टिबाट हेर्दा सम्पन्न समुदाय झन् धनी बन्ने र विपन्न समुदाय झन् गरिब बन्ने अवस्था निष्पक्षता र न्याय विपरित हुन्छ। त्यसैले "देख्न नसक्ने हात" र "देख्नसक्ने हात" को सदुपयोग गरी बजार र सरकार दुवैको भूमिकालाई एकीकृत पारेर कार्य-कुशलतायुक्त र समान प्रारुपको स्थापना गर्नुपर्छ।

सबैजना सँगै मिलेर विकास हुनु मात्र साँच्चिकै विकास हो भने दिगो विकास नै राम्रो विकास हो। त्यस लक्ष्यलाई साकार तुल्याउनका लागि खुलस्त भावना बमोजिम एकले अर्काको सहयोग गर्ने र आपसी हितयुक्त कुरालाई अघि बढाउनुपर्छ। वर्तमान विश्वमा अझ असी करोड मानिसहरू निकै गरिब र कठिन अवस्थामा जीवन बिताइरहेका छन्। हरेक वर्ष लगभग साठी लाखका किशोर-किशोरीहरूको पाँच वर्षअघि मृत्यु हुन्छ। यसबाहेक, लगभग छ करोडका बाल-बालिकालाई शिक्षा दिन सकिएको छैन। भर्खरै सम्पन्न संयुक्त राष्ट्र संघको विकास शिखर सम्मेलनमा सन् 2015पछिको कार्य-सूचिको तर्जुमा गरिएको छ। हामीले वचन-बद्धतालाई तथ्य कुरा बनाएर प्रत्येक मान्छे गरिबी जीवनबाट अलग हुने, विकास हुने र प्रतिष्ठाको उपभोग गर्नसक्ने उज्ज्वल भविष्यको सिर्जना गरौं!

------हामीले मेलमिलापयुक्त र विविध सभ्यताको आदान-प्रदानलाई अघि बढाउनुपर्छ।

मानव जातिको सभ्यताको विविधताले विश्वलाई रङ्गीचङ्गी बनाउँछ। विविधताले आदान-प्रदान ल्याएको छ, आदान-प्रदानले मेलमिलापको सिर्जना गरेको छ र मेलमिलापबाट प्रगतिको विकास हुनेछ।

सभ्यताको व्यवहार गर्न विभिन्न भावना चाहिन्छ। विविधताको आधारमा एकले अर्काको सम्मान गर्ने, एकले अर्काबाट सिक्ने र मेलमिलापयुक्त हुने तरिकाको प्रयोग गरे मात्र सारा विश्व रङ्गीचङ्गी र समृद्धि हुनसक्नेछ। विभिन्न सभ्यतामा विभिन्न जातिमा प्रज्ञता छन् र योगदान दिएका छन्। त्यसमा उच्च र होचो, राम्रो र नराम्रोको फरक पट्टकै छैन। विभिन्न सभ्यता बीच सम्झौता-वार्ता हुनुपर्छ, बरु एकले अर्कालाई अस्वीकार गर्नुहुँदैन। एकले अर्कासँग आदान-प्रदान गर्नुपर्छ, बरु एकले अर्कालाई साट्नुहुँदैन। मानव जातिको इतिहास वास्तवमा विभिन्न सभ्यता बीच एकले अर्कासँग आदान-प्रदान गर्ने, एकले अर्काबाट सिकेर एकले अर्कासँग मेलमिलाप गर्ने महान सुन्दर चित्र बन्नेछ। हामीले विभिन्न किसिमका सभ्यताको सम्मान गर्ने, समान रुपमा व्यवहार गर्ने र एकले अर्काबाट सिक्ने तरिकामार्फत मानव जातिको सभ्यताको सिर्जनशील विकासलाई साकार तुल्याउनका लागि प्रयास गर्नुपर्छ।

------हामीले प्राकृतिक र हरित विकासका लागि पर्यावरणीय प्रणालीको स्थापना गर्नुपर्छ।

मानव जातिले प्रकृतिको प्रयोग र सुधार गर्नसक्छन्। तर मानव जाति स्वयम प्रकृतिको एक अङ्ग हो। त्यसैले प्रकृतिको माया र सँरक्षण गर्नुपर्छ। हामीले औद्योगिकिकरण सभ्यताबाट ल्याइने अन्तर्विरोधको राम्रोसँग समाधान गरी मानव जाति तथा प्रकृति बीचको मेलमिलापयुक्त व्यवहारलाई लक्ष्य बनाएर विश्वको दिगो विकास र मानव जातिको सम्पूर्ण विकासलाई साकार तुल्याउनुपर्छ।

पर्यावरणीय सभ्यताको निर्माण समस्त मानव जातिको भविष्यसँग सम्बन्धित रहेको छ। अन्तर्राष्ट्रिय समाजले हातमा हात मिलाएर सारा पृथ्वीको पर्यावरणीय सभ्यताको निर्माण बाटो खोज्नुपर्छ। यसका अतिरिक्त अन्तर्राष्ट्रिय समाजले प्रकृतिको सम्मान गर्ने, प्रकृति अनुकूल हुने र प्रकृतिको सँरक्षण गर्ने विचार खडा गरेर हरित, कम कार्बन, चक्रबद्ध र दिगो विकास हुने दिशालाई कायम राख्नुपर्छ। यस सन्दर्भमा चीनले कर्तव्य बहन गरी निरन्तर रुपमा आफ्नो योगदान गर्दैजानेछ। साथै विकसित मुलुकले ऐतिहासिक कार्यभार बहन गरी फोहर-निष्काशन घटाउने वचन-बद्धतालाई व्यवहारमा उतार्नुका साथै जलवायु परिवर्तनलाई कम गर्न र त्यस अनुकूल हुनका लागि विकासोन्मुख मुलुकलाई सहयोग गर्न पनि हामीले आव्हान गरेका छौं।

अध्यक्ष ज्यू, सहकर्मीहरू:

एक अर्ब तीस करोड चिनियाँ जनताले चीन राष्ट्रको महान पुन:रुत्थान हुने चिनियाँ सपनालाई साकार तुल्याउनका लागि प्रयास गरिरहेका छन्। चिनियाँ जनताको सपना विभिन्न देशका जनताहरूको कल्पनासँग घनिष्ट सम्बन्ध रहेको छ। शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण तथा स्थिर अन्तर्राष्ट्रिय परिपाटी, विभिन्न देशका जनताहरूको समझदारी, समर्थन र सहयोग बिना चिनियाँ सपना पूरा हुनसक्दैन। चिनियाँ जनताले आफ्नो सपनालाई साकार तुल्याएपछि विभिन्न देशका लागि अझ बढी अवसरको सिर्जना गर्नुबाहेक विश्व शान्ति र विकासलाई अझ राम्रोसँग अघि बढाउँदैजानेछ।

चीन सधैं नै विश्व शान्तिको पक्षमा रहिरहनेछ। साथै चीन शान्तिपूर्ण विकासको बाटोमा डटिरहनेछ। अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तित भएता पनि र चीन आफू जसरी विकसित भएपनि चीनले कहिल्यै पनि एकाधिकार हुने छैन, विस्तार गर्ने छैन र शक्तिशाली परिधि खोज्ने छैन।

चीन सधैं नै सारा विश्वको विकासमा सहयोगी बनिरहनेछ। चीनले दृढताका साथ संयुक्त विकास हुने बाटोमा डटिरहनुका साथै निरन्तर रुपमा आपसी हितयुक्त र साझा जीत हुने खुलस्त रणनीति अपनाउँदैजानेछ। चीनले आफ्नो विकासको अनुभव तथा अवसरलाई सारा विश्वका विभिन्न मुलुकसँग उपभोग गर्नुका साथै चीनको विकास गाडीमा चढेर चीनसँगै मिलेर संयुक्त विकास हुने लक्ष्यलाई साकार तुल्याउन विभिन्न मुलुकलाई निमन्त्रणा पनि दिएको छ।

चीन सधैं नै अन्तर्राष्ट्रिय परिपाटीको सँरक्षक रहिरहनेछ। चीन सहयोगीको रुपमा विकासको बाटोमा डटिरहनेछ। चीन संयुक्त राष्ट्र संघको बडापत्रमा हस्ताक्षर गर्ने पहिलो मुलुक भएकाले निरन्तर रुपमा संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्त केन्द्रित अन्तर्राष्ट्रिय परिपाटी तथा अन्तर्राष्ट्रिय प्रणालीको सँरक्षण गर्दैजानेछ। चीनले लगातार रुपमा अधिकांश विकासोन्मुख मुलुकसँगै उभिएर दृढताका साथ अन्तर्राष्ट्रिय सञ्चालन प्रणालीमा रहेको विकासोन्मुख मुलुक विशेषत: अफ्रिकी मुलुकहरूको प्रतिनिधित्व र सम्बोधन गर्ने अधिकार थप्ने विषयलाई समर्थन दिंदैजानेछ। चीनले संयुक्त राष्ट्र संघमा सधैं नै आफ्नो मतलाई विकासोन्मुख मुलुकमाथि लगाउनुपर्छ।

म यहाँ के घोषणा गर्न चाहन्छु भने चीनले दश वर्षसम्म चल्ने र एक अर्ब अमेरिकी डलर कुल रकम हुने चीन-संयुक्त राष्ट्र संघ शान्ति तथा विकास कोषको स्थापना गर्ने निर्णय गरेको छ। त्यसले संयुक्त राष्ट्र संघको कार्यलाई समर्थन दिनुका साथै बहुपक्षीय सहयोगी कार्यलाई प्रबर्द्धन गरी विश्व शान्ति र विकासका लागि नयाँ योगदान गर्नेछ। यसका अतिरिक्त म के घोषणा गर्न चाहन्छु भने चीन संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा सम्बन्धी नयाँ क्षमता व्यवस्थामा संलग्न हुनेछ। चीनले त्यस अनुसार स्थायी शान्ति सुरक्षा प्रहरी फौजको गठन गर्नुका साथै आठ हजारको संख्यामा शान्ति सुरक्षा सम्बन्धी तयारी फौजको पनि स्थापना गर्ने निर्णय गरेको छ। म के घोषणा गर्न चाहन्छु भने चीनले अफ्रिकी स्थायी सेना र संकटको जरुरी प्रतिकृया फौजको निर्माणलाई समर्थन दिनका लागि आगामी पाँच वर्षभित्र अफ्रिकी संघतर्फ दश करोड अमेरिकी डलरको अनिवार्य सैनिक सहायता दिने निर्णय गरेको छ।

अध्यक्ष ज्यू, सहकर्मीहरू:

संयुक्त राष्ट्र संघका लागि अर्को चरणको दश वर्षको परिप्रेक्ष्यमा हामी अझ घनिष्टसँग एकताबद्ध भएर हातमा हात मिलाएर सहयोगी र साझा जीत हुने नयाँ साझेदारी सम्बन्धको स्थापना गर्नुका साथै एकीकृत भएर मानव जातिको भाग्य सम्बन्धी एकरुपताको स्थापना गरौं! भविष्यमा युद्ध नहुने विचारलाई सारा विश्वमा फैलाऔं! विकास, समृद्धि, निष्पक्षता र न्याय भन्ने विचारधारालाई सारा विश्वमा उतारौं!

सबैलाई धन्यवाद!

(संयुक्त राष्ट्र संघका लागि सिन्व्हा समाचार समिति सेप्टेम्बर 28 तारिखको रिपोर्ट)

जानकारी तथा लेखहरु