फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त रुपमा दिगो विकास खोज्ने, सहयोगात्मक साझा विजयको साझेदारी बन्ने

(GMT+08:00) 2015-10-29 17:59:36

 

------ संयुक्त राष्ट्र संघको विकास शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको सम्बोधन

(सन् 2015 सेप्टेम्बर छब्बीस तारिख, न्युयोर्क)

आदरणीय अध्यक्ष र विभिन्न साथीहरु:

आजको शिखर सम्मेलनमा सहभागी हुनपाएकोमा मलाई निकै खुशी लागेको छ। संयुक्त राष्ट्र संघ स्थापनाको सतरीऔं वार्षिकोत्सवको उपलक्ष्यमा, विभिन्न मुलुकका नेताहरु न्युयोर्कमा भेला भएर संयुक्त रुपमा विकासको परियोजनाबारे छलफल गरिनुको महत्वपूर्ण अर्थ रहेको छ।

विभिन्न मुलुकका जनताका लागी विकास अस्तित्व र आशा हुनाका साथै गौरव र अधिकारको प्रतीक पनि हो। त्यो आशालाई लिएर पन्ध्र वर्षअघि हामीले एक हजार वर्षको विकसित लक्ष्यको तर्जुमा गरेका छौं र करोडौं जनतालाई अझ राम्रो जीवन दिने ईच्छा लिएका छौं।

विगतका वर्षमा विश्व आर्थिक वृद्धि भएता पनि अन्तर्राष्ट्रिय मौद्रिक संकट उत्पन्न भएको थियो। विकासोन्मुख मुलुक उठेता पनि विश्वको दक्षिणी र उत्तरी भागमा असन्तुलित विकास भएको देखिन्छ। 110करोड जनताले विपन्नको प्रतिरोध गरेकोमा हामीलाई खुशी लागेता पनि 80करोड जनता अझै भोकै रहेकोमा चिन्ता लागेको छ।

हिजोआज शान्ति र विकास दुईटा मुख्य शीर्षक हुन्। हाल युरोपमा उत्पन्न भएको शरणार्थी समस्यालगायत विश्वव्यापी चुनौतीको समाधान गर्नका लागि शान्ति र विकासलाई साकार तुल्याउनुपर्छ। चुनौती र कठिनाईको सामना गर्न हामीले विकास गर्नुपर्छ। विकास गरेर मात्र संघर्षलाई हटाउनसकिने छ, जनआधारित अधिकारको प्रत्याभूति गर्नसकिने छ।

आदरणीय अध्यक्ष र विभिन्न साथीहरु:

यस शिखर सम्मेलनमा पारित भएको सन् 2015पछिको विकसित परियोजनाले विश्वको विकासमा नयाँ ईच्छालाई उल्लेख गरेको र अन्तर्राष्ट्रिय विकसित सहयोगमा नयाँ मौका उपलब्ध गराएको छ।

हामीले यसलाई नयाँ सुरु बिन्दु मान्नुपर्छ र संयुक्त रुपमा समान, खुला, सम्पूर्ण विकसित मार्गमा हिंडेर विभिन्न मुलुकको साझा विकासलाई साकार तुल्याउनेमा प्रयास गर्नुपर्छ।

------समान विकासलाई खोज्ने, विकासको मौका सन्तुलित बनाउने

विभिन्न मुलुकले विश्वको विकासमा भाग लिने,योगदान दिने र लाभ पाउने छन्। एक मुलुकले मात्र विकास गर्ने नभई अरु मुलुकले पनि विकास गर्नुपर्ने छ। क्षमता फरक भएका विभिन्न मुलुकले एउटै उद्देश्यमा संयुक्त तर विशिष्ट जिम्मेवारी लिनुपर्ने छ। विश्व आर्थिक व्यवस्थापनको सुधार, विकासोमुन्ख मुलुकको अधिकारलाई उकास्ने र विभिन्न मुलुकलाई समान निर्णयको तर्जुमा गर्ने अधिकार दिइने छ।

------खुला विकासको पालना गर्ने, विकासको उपलब्धी सबैलाई दिने

आर्थिक विश्वव्यापीकरणको कालमा विभिन्न मुलुकले ढोका खुला राखेर निर्माण गरी उत्पादन सामग्रीलाई समस्त विश्वमा पुर्‌याउने काम बढाउनुपर्छ। विभिन्न मुलुकले संयुक्त रुपमा बहुपक्षीय व्यापारिक प्रणालीको संरक्षण गरेर साझा व्यापार, साझा निर्माणलाई साकार तुल्याउनु पर्नेछ। आपसी विकसित छनौटको सम्मान गर्नुपर्छ, आपसी विकसित अनुभव लिनुपर्छ र विभिन्न मुलुकका जनताले विकासको उपलब्धी उपभोग गर्नसक्ने छन्।

------सम्पूर्ण विकास खोज्ने, विकासको आधारलाई ठोस बनाउने

जनताका लागि विकास गर्नुपर्ने छ। विपन्न हटाउन र जनताको जीवनलाई प्रत्याभूति दिनका साथै सामाजिक समानताको संरक्षण गर्नुपर्ने छ। अर्थतन्त्र, समाज र वातावरणबीचको समन्वयात्मक विकासमा प्रयास गरेर जनता र समाज तथा जनता र प्रकृतिबीचको समन्वयलाई साकार तुल्याउनुपर्ने छ।

-------विकासमा नयाँ परिवर्तन ल्याउने, विकासको क्षमतालाई बढाउने

नयाँ परिवर्तनले जीवन्त शक्ति ल्याउनसक्छ। विकासको क्रममा भएका समस्याको विकासले समाधान गर्नसक्छ।

आदर्णीय अध्यक्ष र विभिन्न साथीहरु:

सन् 2015पछिको विकसित परियोजना एउटा उच्च मापदण्ड भएको कार्यभार सूची हुनुका साथै एउटा प्रतिबद्धता पत्र पनि हो। अन्तर्राष्ट्रिय समाजलाई सहयोगलाई बढाएर संयुक्त रुपमा परियोजनालाई व्यवहारमा उतारी सहयोगात्मक साझा विजयलाई साकार तुल्याउन मैले आह्वान गरेको छु।

पहिलो, विभिन्न मुलुकको विकसित क्षमतालाई प्रबर्द्धन गरिने छ। विभिन्न मुलुकले आफ्नो विशेषताबमोजिम आफ्नै परिस्थिति मिल्ने विकसित रणनीतिको तर्जुमा गर्नुपर्ने छ। अन्तर्राष्ट्रिय समाजले विकासोन्मुख मुलुकको निर्माण क्षमतालाई सबल पार्ने र उनीहरुको वास्तविक मागअनुकूल मद्दत र सहयोग प्रस्तुत गर्नुपर्ने छ।

दोस्रो, अन्तर्राष्ट्रिय वातावरणलाई सुधार गरिने छ। विभिन्न मुलुकले संयुक्त रुपमा अन्तर्राष्ट्रिय शान्ति संरक्षण गरी विकास गर्नुपर्छ। अन्तर्राष्ट्रिय मौद्रिक संस्थाले द्रुत गतिले सुधार र व्यवस्थापन गर्नुपर्ने र बहुपक्षीय विकसित संस्थाले विकासको श्रोतलाई बढाउनुपर्ने छ।

तेस्रो, सर्वप्रथम साझेदारी सम्बन्धलाई विकास गरिनु पर्छ। विकसित मुलुकले आफ्ना जिम्मेवारी लिनुपर्ने छ। अन्तर्राष्ट्रिय समाजले दक्षिण-उत्तरबीचको सहयोग मुख्य स्थानमा राखेर दक्षिण-दक्षिण तथा बहुपक्षीय सहयोगलाई गहन पार्नुपर्ने छ।

चौथो, सम्पूर्ण रुपमा समन्वयात्मक संयन्त्रको विकास गरिनु पर्छ। विभिन्न मुलुकले समष्टिगत आर्थिक नीतिको समन्वयलाई अघि बढाउने र क्षेत्रीय संगठनले एकरुपताको प्रक्रियालाई गतिशील तुल्याउनु पर्छ। संयुक्त राष्ट्र संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै जानुपर्ने छ।

आदरणीय अध्यक्ष र विभिन्न साथीहरु:

सुधार र खुलापनको तीस वर्ष यता, चीन आफ्नो राष्ट्रिय परिस्थितिबमोजिम, एउटा चिनियाँ विशेषतायुक्त विकसित मार्गमा हिँड्दै आएको छ। हाल 43करोड 9लाख विपन्नको संख्या कम हुनुका साथै शिक्षा, स्वास्थ्य र महिला आदि क्षेत्रमा उच्चतम् उपलब्धी हासिल गरेको चीनले आधारभूत रुपमा हजारौं वर्षको विकसित उद्देश्यलाई साकार तुल्याएको छ। चीनको विकासले 130करोडभन्दा बढी चिनियाँ जनतालाई मात्र हित-कल्याण पुर्‌याएको नभई विश्वको विकसित कार्यमा पनि शक्ति थपेको छ।

साठी वर्ष यता, चीनले सक्रियताका साथ अन्तर्राष्ट्रिय विकास र सहयोगमा भाग लिंदै 166वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई 4खर्ब चिनियाँ युआन उपलब्ध गराउनुका साथै 600हजारभन्दा बढी उद्धाकर्तालाई खटाएको छ र तीमध्ये 700सयभन्दा बढी चिनियाँ जनताले अरु मुलुकको विकासका लागि आफ्नो ज्यान दिएका छन्।

भविष्यमा चीनले विभिन्न मुलुकसँगसँगै सन् 2015पछिको विकसित परियोजनालाई साकार तुल्याउनेमा प्रयास गर्ने छ। मैले घोषणा गर्छु:

------चीनले "दक्षिण-दक्षिण सहयोगात्मक उद्धार कोष"को स्थापना गर्ने छ र पहिलो चरणमा दुई अर्ब अमेरिकी डलर उपलब्ध गराएर विकसोन्मुख मुलुकलाई सन्2015पछिको विकसित परियोजनालाई व्यवहारमा उतार्न समर्थन गर्ने छ।

------चीनले सबैभन्दा अविकसित मुलुकलाई लगानी गर्दै जाने छ र सन्2030मा बाह्र अर्ब अमेरिकी डलर पुर्‌याउने छ।

------चीनले सबैभन्दा अविकसित मुलुक, महादेश भित्र रहेका विकासोन्मुख मुलुक र सानो द्वीपका विकासोन्मुख मुलुकले सन्2015सम्म नतिरेको ब्याज तथा ऋण माफ गर्ने छ।

------चीनले अन्तर्राष्ट्रिय विकास ज्ञान केन्द्रको स्थापना गरेर विभिन्न मुलुकसँगसँगै आफ्नो परिस्थितिअनुकूल विकसित सिद्धान्त र अभ्यासको अध्ययन र आदान-प्रदान गर्ने छन्।

------चीनले विश्व ऊर्जा-श्रोतको सञ्जाल स्थापना गरी सफा र हरित तरिकामार्फत विश्वको बिद्युत मागलाई पूरा गर्न आह्वान गरेको छ।

चीनले सम्बन्धित विभिन्न पक्षसँग"एक पेटी एक मार्ग"को निर्माणलाई अघि बढाउँदै जाने, एशियाली पूर्वाधार लगानी बैंक र ब्रीक्स मुलुकको नयाँ विकास बैंकलाई चाँडै नै सञ्चालनमा ल्याउने र विकासोन्मुख मुलुकको आर्थिक वृद्धि र जन-जीवनको सुधारमा शक्ति दिने ईच्छा लिएको छ।

आदरणीय अध्यक्ष र विभिन्न साथीहरु:

चीनले सन् 2015पछिको विकसित परियोजनालाई व्यवहारमा उतार्न आफ्नो जिम्मेवारी लिने, एकताबद्ध सहयोग गर्ने, विश्वको विकास कार्यलाई अझ अगाडि बढाउने प्रतिबद्धता लिएको छ।

धन्यवाद।

(सिन्ह्वा समाचार समिति सेप्टेम्बर छब्बीस तारिख न्युयोर्क)

जानकारी तथा लेखहरु