फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतबारे पश्चिमाको विचारमा बदलिँदै जाने अपेक्षा

(GMT+08:00) 2015-10-29 18:18:32

तिब्बती वैदेशिक साँस्कृतिक आदान-प्रदान संघका उप-महासचिव वाङ्ग नङ्ग शङ्गले चीन र फ्रान्सको आदान-प्रदान बढ्नुका साथै तिब्बतबारे फ्रान्सेली जनताको बुझाइमा खुशीयालीमा परिवर्तित गन्तव्यको रुपमा रहने बताउनुभएको छ।

उहाँले चिनियाँ तिब्बती सँस्कृति मण्डलकको नेतृत्व गरेर फ्रान्सको भ्रमण पूरा गरेपछि 28 तारिख पेरिसमा सञ्चार माध्यमसामु उक्त कुरा व्यक्त गर्नुभएको हो। उहाँका अनुसार, केही पश्चिमाहरुले तिब्बतको इतिहास र विकास अवस्थाबारे बुझाइ अभावका कारण गलत बुझेपनि आपसी आदान-प्रदान बढ्नुका साथै त्यसमा खुशीयाली परिवर्तन देखाइएको छ।

उदाहरणका लागि फ्रान्सेली लेखिका सोनिय ब्रेस्सलेरले दुई पटक तिब्बतको निरिक्षण गरेर तिब्बतको यात्रा शीर्षकको पुस्तक प्रकाशित गरेकी छिन्। त्यो पुस्तक पढेका पाठकहरुले पहिला सुनेको गलत भएको निष्कर्ष निकाल्ने छन्। यदि तिब्बतबाट आएको आवाज अझ बढी रुपमा सुनिनुका साथै तिब्बतको यात्रा गरेमा अझ वास्तविक र विकसित तिब्बतबारे थाहा पाउनसक्ने वाङ्गले बताउनुभयो।

जानकारी तथा लेखहरु