फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 18औं केन्द्रिय समितिको पाँचौं बैठकमा तेह्रौं मञ्च वर्षिय योजनासम्बन्धी परिचय

(GMT+08:00) 2015-10-30 18:32:17

चिनियाँ कम्युनिष्ट पार्टीको 18औं केन्द्रिय समितिको पाँचौं बैठक यसै अक्टोबर 26देखि 29तारिखसम्म पैचिङ्गमा आयोजना भयो। बैठकबाट"चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नागरिक आर्थिक तथा सामाजिक विकासको तेह्रौं पञ्च वर्षिय योजना सुझाव"पारित भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बैठकमा सारा सदस्यसमक्ष यस सुझावबारे जानकारी दिनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार सन्2020सम्म सम्पन्न समाजको चौतर्फी निर्माण पूरा हुनु नै चिनियाँ कम्युनिष्ट पार्टीद्बारा सुनिश्चित"दुई शताब्दी"भन्ने लक्ष्यको पहिलो शताब्दी लक्ष्य हो। तेह्रौं पञ्च वर्षीय योजनाको अवधिमा उक्त लक्ष्यलाई साकार तुल्याउने महत्वपूर्ण अवधि पनि हो। त्यसैले पाँचौं बैठकले सम्पन्न समाजको चौतर्फी निर्माण सम्बन्धी नयाँ अवधारणा प्रस्तुत गरेको छ:अर्थतन्त्रले मध्य-उच्च गतिमा बढ्ने बृद्धिलाई कायम राख्नुपर्छ। सन्तुलित,समावेशी,दिगो विकासलाई कायम राख्दै सन्2020सम्म कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा र ग्रामीण नागरिकको आम्दानीलाई सन्2010को तुलनामा दुई गुणाले बढाइनेछ। व्यवसायलाई मध्य उच्च स्तरमा पुर्‍याइने छ। उपभोक्ताले अर्थतन्त्रको वृद्धिमा गर्ने योगदान स्पष्ट बढाइने छ। कृषि व्यवसायको आधुनिकीकरणमा स्पष्ट प्रगति गरिनेछ। जनताको जीवनस्तर तथा गुणस्तरलाई सामान्य रुपमा माथि उकास्ने छ।पर्यावरणीय वातावरणको गुणस्तरलाई समष्टिगत सुधार गरिनेछ। र राष्ट्रको शासन तथा व्यवस्थापन क्षमताको आधुनिकीकरणमा महत्वपूर्ण प्रगति हासिल गरिने छ।

जानकारी तथा लेखहरु