फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिका लागि चीनको सहभागिता

(GMT+08:00) 2015-11-03 16:28:27

——संयुक्त राष्ट्र संघीय शान्ति संरक्षण शिखर सम्मेलनमा सम्बोधन

सन् 2015 सेप्टेम्बर 28, न्यूयोर्क

चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग

आदरणीय राष्ट्रपति ओबामा

आदरणीय महासचिव बान कि मुन

तथा सबैजनाः

राष्ट्रपति ‌ओबामाको पहलमा आयोजित यस पटकको संरक्षण शिखर सम्मेलनको म सराहना व्यक्त गर्दछु।

शान्ति मानिसहरुको साझा इच्छा र उच्च लक्ष्य हो। संयुक्त राष्ट्र संघको शान्ति संरक्षण गतिविधीको उद्देश्य शान्ति हो, शान्ति संरक्षण गतिविधी विश्व शान्ति संरक्षण गर्ने महत्वपूर्ण उपाय हो। शान्ति संरक्षण गतिविधीबाट संघर्ष क्षेत्रलाई विश्वासमा ल्याउनसकिने र स्थानिय जनतालाई आशातीत् बनाउन सकिन्छ।

हाल विश्वको संघर्ष क्षेत्रका धेरै जनताहरु अझै युद्धको पीडा भोगिरहेका छन्। उनीहरुको तीव्र इच्छा शान्ति हो, उनीहरुले संयुक्त राष्ट्र संघको अपेक्षाको ज्यादै तत्परताका साथ पर्खेका छन् उनीहरुले शान्ति संरक्षण गतिविधीको धेरै अपेक्षा गरेका छन्।

चीनको अडानः

शान्ति संरक्षणको आधारभूत सिद्धान्तको पालना गर्न। संयुक्त राष्ट्र संघको बडापत्र र ह्याम्मर्सयोल्ड सिद्धान्त शान्ति संरक्षणको आधारभूत मार्गदर्शक हो। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको निर्णय पूर्ण कार्यन्वयन गरिने आवश्यक छ, कूनै मुलुकले उल्लङ्गघन गर्न मिल्दैन। स्थानिय ठाँउको परिस्थिति र मानिसको इच्छा अनुसार, शान्ति संरक्षण गतिविधीद्वारा निकास रणनीतिलाई सामयिक र कार्यन्वयन गर्नुपर्दछ।

शान्ति संरक्षण गतिविधी प्रणालीलाई पूर्ण गर्नुपर्दछ। निवारक कूटनीति, शान्तिलाई निर्माणसँग जोड्ने, राजनीतिक मध्यस्थता, व्यवस्थाको नियम प्रचार, राष्ट्रिय मेलमिलाप, जन जिवन सुधार आदि विषय पनि मिल्नु आवश्यक छ। सुरक्षा परिषदले सम्बन्धित् मुलुक र शान्ति सेना पठाउने देशको सुझावे सुन्नु पर्दछ। संयुक्त राष्ट्र संघले सम्बन्धित् क्षेत्रीय संगठनसँग उच्चस्तरीय समन्वय साझेदारी सम्बन्ध निर्माण गर्न आवश्यक छ।

तीव्र प्रतिक्रियाको स्तरलाई बढाउनु पर्छ। जतिसक्छ चाँडो शान्ति सेना तैनाथ गर्ने, शान्तिको मौका खोज्ने र धेरै भन्दा धेरै जनधनको रक्षा गर्नसकिन्छ। संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित नयाँ "शान्ति संरक्षण क्षमता तम्तयार प्रणाली"लाई चीनले स्वागत गर्नुका साथै अरु सदस्य मुलुकलाई पनि यस प्रणालीमा सकारात्मक सहभागी हुन आह्वान गरेको छ।

अफ्रिकालाई अझै ठूलो शक्ति मद्दत दिइने छ। शान्ति संरक्षण गतिविधीको मुख्य आवश्यक्ता अफ्रिका हो। अफ्रिकी मुलुकलाई शान्ति र स्थिरताको संरक्षणमा आफ्नो क्षमता बढाउन दीर्घकालिन रुपमा अन्तर्राष्ट्रिय समाज र संयुक्त राष्ट्र संघको समर्थन आवश्यक छ।

सबैजनाः

चीन संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य मुलुक हो, यस वर्ष चीन शान्ति संरक्षण गतिविधीमा सहभागी भएको पच्चीसऔं वार्षिकोत्सव हो, शान्ति संरक्षण गतिविधीमा शान्ति सेना पठाउने र ऋण सहयोग दिने मुख्य मुलुक हो।

संयुक्त राष्ट्र संघको शान्ति संरक्षण गतिविधीको सुधार र समर्थनका लागि घोषणाः

पहिलोः चीन नयाँ "शान्ति संरक्षण क्षमता तम्तयार प्रणाली"मा सहभागी हुने छ, र यसका लागि शान्ति संरक्षण प्रहरी टोली र आठ हजार जनाको शान्ति संरक्षण सेना निर्माण गर्ने छ।

दोस्रोः संयुक्त राष्ट्र संघको अनुरोधमा चीनले इन्जिनियर, यातायात कर्मचारीहरु, चिकित्सकहरुलाई शान्ति संरक्षण गतिविधीमा सहभागी गराउने छ।

तेस्रोः आगामी पाँच वर्षभित्रमा चीनले विभिन्न मुलुकका लागि दुई हजार शान्ति संरक्षण कर्मचारीहरुलाई तालिम दिने, दश वटा माइन हटाउने परियोजना चाल्ने छ।

चौथोः आगामी पाँच वर्षभित्र अफ्रिकाका लागि शान्ति सेनाको तीब्र तयारीका लागि र उद्धार सेनाको निर्माण गर्नका लागि चीनले अफ्रिकी संघलाई दश करोड अमेरिकी डलरको निशुल्क सैन्य सहायता प्रस्तुत गर्ने छ।

पाँचौः अफ्रिकाका लागि संयुक्त राष्ट्र संघको शान्ति संरक्षण गतिविधीमा चीनले पहिलो पटक हेलिकोप्टर टोली पठाउने छ।

छैटौः चीन-संयुक्त राष्ट्र संघ शान्ति र विकास कोषको केहि ऋण संयुक्त राष्ट्र संघको शान्ति संरक्षण गतिविधीमा प्रयोग गरिने छ।

सबैजनाः

संयुक्त राष्ट्र संघको शान्ति संरक्षण गतिविधीमा हालसम्म अठार जना चिनियाँ सेना र प्रहरीको मृत्यु भएको छ। पाँच वर्ष अघि चीनको शान्ति संरक्षण महिला प्रहरी ह च हौंको हैटीमा उद्धारकार्यमा खटिँदा दुर्भाग्यवश मृत्यु भएको थियो। उनको 4 वर्षीय छोरा र वृद्ध आमाबाबु छन्। उनले एक पटक यस्तो लेखेकी थिइन् - संसारमा म मात्र एक प्वाँख जस्तै हुँ‌, प्वाँखको हैसियत भएता पनि शान्तिको इच्छा अभिव्यक्त गर्न चाहन्छु।

मृत्युवरण हुनुभन्दा अघि यो उनको इच्छा हो, शान्तिका लागि यो चीनको वचनबद्धता हो।

धन्यवाद।

जानकारी तथा लेखहरु