फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रध्यक्ष सी चिन फिङद्बारा अन्तराष्ट्रिय महिला शिखर सम्मेलनमा महिलाको चौतर्फी विकास र राम्रो विश्व स्थापना गर्ने बारेमा सम्बोधन

(GMT+08:00) 2015-11-04 15:49:18

संयुक्त राष्ट्रसंघका महासचिव आदरणीय बान की मुनज्यू

आदरणीय म्लाम्बो लुकाज्यू

आदरणीय सदस्यहरु

महिला तथा सज्जनवृन्द

संयुक्त राष्ट्रसंघ स्थापनाको सत्तरीऔँ वार्षिकोत्सव र पैचिङ विश्व महिला सम्मेलन स्थापनाको 20 औँ वार्षिकत्सवका अवसरमा हामी विश्व महिला सम्मेलनको आयोजना गरिरहेका छौँ। यस सम्मेलनले लैङ्गिक समानता र महिलाहरुको विकास तथा उज्यालो भविष्यका लागि हामी योजना बनाउँदैछौँ।

महिला भनेका आध्यात्मिक र भौतिक सम्पत्तिका सृष्टिकर्ता हुन् र सामाजिक उन्नति र विकासका लागि अति महत्वपूर्ण प्रतिनिधि हुन्। महिला विना मानव जाति र मानव सभ्यताको निरन्तर विकास नै हुन सक्दैन ।

लैंङ्गिक समानता हासिल हुनु पर्ने एउटा ठुलो कारण छ। इतिहासको पुनरावलोकनले पनि यो देखाउँछ की महिला स्वतन्त्रता र उन्नति विना मानव कल्याण्को विकास एवं स्वतन्त्रता पनि हासिल हुन सक्दैन। लैंगिक स्वतन्त्रताको उच्च लक्ष्य हासिल गर्न हामीले असामान्य चुनौतिका पहाडको यात्रा गरेका छौँ। दुई सय वर्ष अधि महिला अधिकारको घोषणा भएदेखि अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ को सर्वोपरी मान्यता र महिलाको स्तर निधारण गर्न संयुक्त राष्ट्र संघ नियोगको स्थापनादेखि महिलाका विरुद्ध सबै प्रकारका विभेदको अन्त गर्न महासभासम्म हरेक कदम महिला समानताको प्रवर्द्धन गर्न लिइएका कदम हुन्। यी कदमले मानव सभ्यतामा बिकास पुर्‍याउन ठूलो फड्को मारेको छ ।

बीस वर्ष अगाडि, बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा आत्मसात गरिएको बेइजिइ घोषणापत्र कार्यन्वयनका लागि महिला अधिकारको सुनिश्चितता, लैंङ्गिक समानताको लक्ष्य प्राप्ति गर्ने आधारशिला तर्जुमा गरिएको थियो। आज बेइजिङ सम्मेलनको त्यही मर्मको अवलम्वन गर्दै सकारात्मक परिवर्तनहरु विश्वव्यापीकरण भएका छन् । यी विभिन्न कार्यहरुले सम्पूर्ण क्षेत्र महिलाको विकास र प्रर्वद्धनका लागि लिइएको हो । साथै सामाजिक परिवेशमा महिलाको जीवनस्तर र विकासमा सुधारमुखी हुँदैछन्। यस सन्दर्भमा, यस बृहत कार्यलार्इ संयुक्त राष्ट्रसंघ महिलाले पूर्ण मान्यता दिनु पर्दछ ।

१४३ देशहरुले राजनीतिक र आर्थिक गतिबिधिमा सहभागिता जनाउन कानुनी बाधाहरु हटाई लैंङ्गिक समानता प्रतिस्थापन गर्दै शिक्षा, रोजगारी र वैवाहिक स्वतन्त्रतामा महिलाको पहुँच पुर्‍याउन विश्वब्यापी रुपमा सहमति भर्इ सपना जस्तै भएको कार्य वर्षौँदेखिको कटिबद्ध प्रयासपछि साकार भएकोमा धन्यावाद दिन चाहन्छु ।

अझै पनि विश्वका विभिन्न भागमा अधिकार, अवसर र स्रोतको पहुँचमा महिला र पुरुष वीच विभेद रहेको छ। महिलाको सम्भावित प्रतिभा र योगदान पूर्ण मान्यता प्राप्त गर्न अझै बाँकी छ। आधाभन्दा बढी करिव दस लाख महिला गरिबीको रेखामुनी छन्। तिनीहरुले युद्ध र भोकमरीको चोट सहिरहेका छन्। उनीहरु आतंकवाद र हिंसाबाट पनि ग्रसित छन् । अहिलेसम्म महिला बिरुद्ध विभिन्न भेदभावले ठाउँ ओगटिरहेका छन् ।

हामी अझै पनि लैंगिक समानता प्राप्त गर्ने लामो यात्रामा छौं भनि प्रस्ट्याउन आवश्यक छ। यस कारण सम्भावनालाई फराकिलो वनाउन मजबुतका साथ कार्य गर्नु पर्दछ ।

महिला तथा सज्जन वृन्द

विकासको कार्यसूचि 2015 मा हरेक कुरामा लैगिक दृष्टिकोण समावेस गरी हामीले अपनाएका छौँ। बेइजिङ सम्मेलनसँगै नविन प्रतिवद्धता लैंगिक समानताको प्रवर्द्धन र महिलाको चौतर्फी विकासका लागि हामी पुन: वचनवद्धता व्यक्त गरौँ।

प्रथमत, सामाजिक र आर्थिक उन्नतिमा महिलाको विकासको लागि एकपछि अर्को संघर्ष गर्नुपर्दछ। महिला विना विकास हासिल हुँदैन र यसको फार्इदा सबैले प्राप्त गर्नुपर्दछ। हामीलार्इ उन्नत र सर्वाङ्गिण विकास रणनीतिहरुको साथ आउन आवश्यक छ जसले राष्ट्रिय वास्तविकताहरु लैंगिक भिन्नता र महिलाका विशिष्ट आवश्यकताहरुको ख्याल गर्दै विकासका फलहरुमा महिलाको समान सहभागिता निश्चित गर्दछ। नीतिका मान्यताहरु महिलाका सम्भाब्यतालार्इ उत्प्रेरित गर्न र सामाजिक र आर्थिक विकासको प्रकृयामा उनीहरुको सहभागिता वढाउन अद्यावधिक हुनु पर्दछ। चीनका अभ्यासहरुले यो देखाउँदछ कि महिलाको उच्चतहको सामानिक र आर्थिक सहभागिाताले उनीहरुको स्तर उन्नती गर्दछ, सामाजिक उत्पादकत्व बृद्धि गर्छ र अर्थतन्त्रको द्रुत विकास गर्दछ।

दोश्रो, हामीले महिला अधिकार र रुचिहरुको सुरक्षा गर्नुपर्छ । महिला अधिकार तथा हित आधारभूत मानव अधिकार हुन् । ती नीति नियमका संरक्षित हुनुपर्छ र राष्ट्रिय तथा सामाजिक नियम एवं मान्यताहरुमा एकिकृत हुनुपर्छ। हामीले जोड महिलाको क्षमताले उनीहरुको समाजमा र अर्थतन्त्रमा भूमिका खेल्दछ, जस्ले निर्णय क्षमता विकास गर्न, राजनीतिको नेतृत्वमा आउन व्यपार र शिक्षा क्षेत्रमा विकास गर्न सघाउँछ भन्ने कुरालाई जोड दिनुपर्छ। हामीले महिलाका निम्ति यथेष्ट उपचार सेवाहरु प्रदान गर्न, ग्रामिण महिला, अपाङ्ग महिला, बसार्इसराई गरेका महिला, अर्धबैसे एवं बृद्ध महिला र सिमान्तकृत जनजाति महिलाहरुमा विशिष्ट ध्यान दिई उनीहरुका अधिकारलाई सुनिश्चित पार्नुपर्छ। हामीले यो पनि सुनिश्चित गर्नुपर्छ की स्कुलहरु प्रत्येक वालिकाको निम्ति किफायती र सुरक्षित हुनुपर्छ र औपचारिक जीवन पर्यन्त शिक्षा जसले समाज र रोजगारीको वजारलाई परिवर्तलाई गर्दै महिलाका लागि आत्मसात गर्न सक्नुपर्छ।

तेश्रो, हामीले सौहार्दपूर्ण एवं समावेशी समाजको निर्माण गर्न ठोस प्रयत्न गर्नु पर्छ। पुरुष र महिला एकै र उही संसारमा बस्दछन्। एक समाज जहाँ कमभन्दा कम विभेद र भेदभाव महिला विरुद्ध हुन्छन्, त्यहाँ नै बढी समावेशी र गतिशिलता हुन्छ। हामीले घरेलु हिंसा लगायत महिलाका विरुद्ध हुने सबै खाले हिंसाको निमुर्ल गर्नुपर्छ। हामीले लैंगिक समानताका लागि र महिला विकासका बाधक पुराना विचारधारा तथा प्रचलन खारेज गर्न जोड दिनु पर्छ। म महासचिव वान कि मुनको "उनीको निम्ति" अभियानको कदर गर्दछु र आशा गर्छु की धेरै मानिसहरु त्यो कार्यमा सामेल हुनेछन् ।

चौथो, हामीले महिलाको विकासका निम्ति विश्व वातावरणको सम्बर्द्धन गर्नुपर्दछ। शान्ति र विकास खलबलिँदा सबैभन्दा प्रतांडित महिला र वालवालिका हुन्छन्। हामीले शान्ति, विकास, पारस्परिक सहयोगको पक्षमा उभिनु पर्दछ, जसले प्रत्येक महिला र शिशुले खुसी र सुखी सूर्य किरणका साथ रमाउन पाउन्। विभिन्न राष्ट्रमा रहेका महिला संगठनहरुले एक अर्कासँग छलफल गर्दै मित्रता, विकास गर्दै एवं उन्नति हासिल सामूहिक रुपमा गर्नु पर्दछ। हामीले महिला सम्बन्धी अन्तर्राष्ट्रिय विकास सहयोगलाई निरन्तरता दिनुपर्दछ। विकसित राष्ट्रले विकासशिल मुलुकलाई वित्तीय र प्राविधिक सहयोग बढाई महिला विकासमा भिन्नताहरुलाई ती देशहरुमा कम गर्नुपर्दछ।

महिला तथा सज्जन वृन्द,

जसरी चिनियाँ जनता सुखमय जीवन यापन गर्दैछन् प्रत्येक चिनियाँ महिला आफ्नो सपना साकार बनाउने अवसर प्राप्त गर्नेछ। चीनले लैंगिक समानताको प्रर्वद्धन गर्न अझै धेरै काम गर्ने छ किन कि यो राज्यको आधारभूत कानुन हो। जसले 'आधा आकास ढाकेका" महिलाको महत्वपूर्ण भूमिकालाई महसुस गर्दै उनीहरुको सम्मान एवं आशाहरु दुवै कार्य जीवन र जीवनमा साकार पार्न मदत गर्दछ। चिनियाँ महिलाहरु आफ्नो विकास मार्फत विश्व महिला आन्दोलनमा ठूलो भूमिका खेल्दछन् जसले विश्वभर लैंगिक समानता कायम गर्न ठूलो योगदान पुर्‍याउँदै आएको छ।

विश्वभरका महिला तथा ‌संयुक्त राष्ट्र संघको महिला विकासका निम्ति सहयोग गर्न चीनले एक करोड अमेरिकी डलर संयुक्त राष्ट्र संघ महिलालार्इ अनुदान दिनेछ। यसले २०१५ पछिको विकास एजेण्डाका "बेइजिङ्ग घोषण तथा यसका कार्यक्रमका लागि स्थान" सम्वन्धी लक्षहरु लागू गर्न सहयोग गर्नेछ। आउँदो ५ वर्षमा चीनले विकासशील राष्ट्रहरुमा १०० वटा "खुशी क्याम्पस परियोजन" लागू गनेछ, गरिव वालवालिकाको स्कुल अध्ययनमा वित्तीय सहयोग पुर्याउने छ र वालिकाहरुको स्कुल भर्ना दर बृद्धि गर्नेछ। हामी विकाशील राष्ट्रका ३० हजार महिलालाई चीनमा प्रशिक्षण दिन ल्याउँछौँ र १ लाखको संख्यामा विकाशील मुलुकमा स्थानीय स्तरमा नै शिपमुलक प्रशिक्षण अवसरहरु प्रदान गर्नेछौँ। चीन तथा संयुक्त राष्ट्र संघले सहप्रायोजन गरेको कोष अन्तर्गत विकाशील राष्ट्रका महिलाहरुको विशिष्ट क्षमता कार्यक्रम हुनेछन्।

महिला तथा सज्जन वन्द

हामी हातमा हात मिलाइ तिव्र गतिमा महिला र सबैका लागि असल संसार बनाऔँ। म आशा गर्दछु विश्व नेतुत्वका सबै बैठक सफल बनुन्। धन्यवाद।

जानकारी तथा लेखहरु