फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तेह्रौं पन्च वर्षिय योजना" बाट चिनियाँ समाजको स्वस्थ विकासका लागि सघाउ पुग्ने पाकिस्तानी विशेषज्ञको भनाइ

(GMT+08:00) 2015-11-06 15:39:23

         चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले "चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले नागरिक अर्थतन्त्र र सामाजिक विकास सम्बन्धी तेह्रौं पन्च वर्षिय योजनाको तर्जुमा गर्ने प्रस्ताव" को लेखाजोखा गरेपछि त्यसलाई पारित गरेको छ। चीनबारे पाकिस्तानी परिषद्का कार्यकारिणी अध्यक्ष डा.फाजल उर रहमानले आज नोभेम्बर छ तारिख हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिँदै "तेह्रौं पन्च वर्षीय योजना" ले जनताको हितकल्याण र सामाजिक प्रगतिमा झन् ख्याल-विचार गरेको मात्र नभई त्यसबाट समाजको स्वस्थ विकासका लागि सघाउ पुग्ने धारणा व्यक्त गर्नुभएको छ।

         रहमानका अनुसार, सामाजिक प्रगति आर्थिक विकास अनुकूल हुनुपर्छ। अर्थतन्त्र द्रुत गतिले विकसित भइरहेको सिलसिलामा समाज पनि प्रगति हुनुपर्छ। राष्ट्राध्यक्ष सी चिन फिङ्गले घोषणा गर्नुभएको श्रृंखला नयाँ नियम र सुधार योजनाको ज्यादै महत्वपूर्ण अर्थ रहेको ठहर पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु