फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री चीन-मध्यपूर्वी युरोपेली मुलुकको पाँचौं आर्थिक तथा व्यापारिक मञ्चको उद्घाटन समारोहमा उपस्थित

(GMT+08:00) 2015-11-25 18:33:37

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो 24 तारिख दिउँसो चीनको सु चौ शहरको थाआइ हु अन्तर्राष्ट्रिय बैठक केन्द्रमा मध्यपूर्वी युरोपका 16 मुलुकका नेताहरुसँग त्यहाँ आयोजित चीन-मध्यपूर्वी युरोपेली मुलुकको पाँचौं आर्थिक तथा व्यापारिक मञ्चको उद्घाटन समारोहमा सहभागी हुनुका साथै सम्बोधन पनि गर्नुभएको छ।

सम्बोधनमा प्रधानमन्त्री लीले चीन र मध्यपूर्वी युरोपेली मुलुकबीचमा उच्च राजनीतिक विश्वास मात्र नभई विशाल व्यापार तथा लगानी सञ्चित शक्ति रहेको व्यक्त गर्नुभयो। उहाँका अनुसार वर्तमान अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक अवस्था मन्द भएको पृष्ठभूमिमा चीन र मध्यपूर्वी युरोपेली मुलुकबीचको सहयोग सकारात्मक विकसित प्रवृत्तिमा भइरहेको छ। दुबै पक्षबीचको लगानी परिमाणले लगातार नयाँ उचाईँ छोएको छ। लगानी स्थिर रुपमा बढ्नुका साथै महत्वपूर्ण परियोजना सक्रिय भैरहेको छ। हाल चीनले एक पेटी एक मार्ग परियोजनाको निर्माणलाई तिब्र गतिमा विकास गरिरहेको र मध्यपूर्वी युरोपका 16 मुलुकमध्येबाट एक तिहाइ भाग ओगटेको छ। त्यसैले यी दुबै पक्षले भावी विकासलाई अघि बढाउनसक्ने छन्।

जानकारी तथा लेखहरु