फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालबालिका जलवायु परिवर्तनबाट सबैभन्दा पीडित

(GMT+08:00) 2015-11-25 18:34:22

राष्ट्र संघीय बाल कोषले 24 तारिख प्रतिवेदन प्रकाशित गरेर बालबालिका, विशेषत गरिबी क्षेत्रका बालबालिका जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित र पीडित भएको जनाएको छ।

प्रतिवेदनका अनुसार, जलवायु परिवर्तनको कारण अझ बढी सुख्खा, बाढी प्रकोप, उच्च तापक्रम र असामान्य मौसम भएबाट धेरै रोग फैलाएको छ। जसले बालबालिकाको प्रारम्भिक विकास मात्र नभइ जीवनभरि तथा अपरिवर्तनीय प्रभाव पारेको छ। साथै त्यो प्रभावको भीषण चक्रबाट सफा पानी तथा उचित स्वास्थ्य अवस्थाको अभाव भएको क्षेत्रका बालबालिकाहरू सहज रुपमा पीडित तथा प्रभावित भएका छन्।

बालबालिकाहरूले जलवायु परिवर्तनको सबैभन्दा कम जिम्मेवारी लिनुपरेता पनि जलवायु परिवर्तनमा जीवन बिताउन बाध्य भएको बाल कोषका कार्यकारी प्रमुख एन्थोनी लैकले बताउनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समाजसँग जलवायु परिवर्तनको आपत्तिजनक नतिजाबाट जोगाउनका साथै आयोजना हुनलागेको पेरिस जलवायु परिवर्तन बैठकमा उचित निर्णय गर्न आह्वान गर्नुभएको छ।

जानकारी तथा लेखहरु