फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टर्कीले रुसी विमान खसाल्यो

(GMT+08:00) 2015-11-25 18:34:48

टर्कीको एनटिभि टेलिभिजनकाअनुसार, 24 तारिख टर्कीले आफ्नो उत्तरी आकाशमा देखिएको एउटा रुसी सैन्य विमानलाई खसालेको छ।

टर्की सेनाका स्टाफ मुख्यालयले सोहि दिन वक्तव्य प्रकाशित गरेर टर्की सेनाले धेरैपटक रुसी सैन्य विमानलाई चेतावनी दिएता पनि रुसी विमानले कुनै जवाफ नदिएको जनाएको छ। टर्कीका राष्ट्रपति रेसेप टैयिप एर्डोगानले सम्बोधन गर्दै आफ्नो सीमा क्षेत्रको सुरक्षा गर्ने अधिकारलाई हरेकले सम्मान गर्नुपर्ने बताउनुभएको छ।

उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो आपराधिक गतिविधि सहन नगर्ने र यो घटनाले रुस र टर्कीको सम्बन्धमा गम्भीर प्रभाव पार्ने व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, त्यो रुसी सैन्य विमानलाई टर्कीले सिरियामा खसालेको हो। उहाँले यस घटनालाई आतंकवादविरुद्धको सहकर्मीले पछाडिबाट आक्रमण गरेको औल्याउनुभएको छ।

राष्ट्र संघीय महासचिवका प्रवक्ता स्टेफन डुजारिकका अनुसार, महासचिव बान कि मूनले यो घटनाको छानबीन गर्ने र यस्ता घटना फेरि नहुने आशा गर्नुभएको छ।

अमेरिकाका राष्ट्रपति बाराक ओबामा र फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्डले टर्की र रुसलाई आवश्यक छलफल गरेर अवस्थालाई थप गम्भीर नपार्न आह्वान गरेका छन्।

विमानका दुई जना पायलटहरुमध्ये एकजनालाई सिरियाली विपक्ष सशस्त्र समूहले आफ्नो नियन्त्रणमा लिएको र साथै मृत्यु भइसकेको पुष्टि गरिएको छ। त्यस्तै अर्को पाइलटको सिरियाली सरकारी सेनाद्वारा भेट्टाइएको फ्रान्सका लागि रुसी राजदुतले 25 तारिख बताएका छन्।

जानकारी तथा लेखहरु