फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी सैन्य विमान खसाइएको घटनाबारे चिनियाँ परराष्ट्र मन्त्रालयको धारणा

(GMT+08:00) 2015-11-25 18:35:15

रुसी सैन्य विमान खसाइएको घटनाबारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले 25 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै विभिन्न पक्षले वैचारिक आदान-प्रदान तथा समन्वयलाई सबल पार्ने आशा व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, चीनले यस घटनामाथि निकै ध्यान दिएको छ। हालसम्म अवस्था अझै स्पष्ट भएको छैन। आतंकवादको विरोधमा अन्तर्राष्ट्रिय समाजको प्रयासलाई चीनले समर्थन दिनुका साथै विभिन्न पक्षले वैचारिक आदान-प्रदान तथा समन्वयलाई सबल पार्ने आशा गरेको छ।

त्यसबाहेक प्रवक्ता हुङ्गले 24 तारिख राति ट्युनिशियाको राजधानीमा भएको बम आक्रमणको निन्दा गर्नुभएको छ। साथै चीनले मृतकप्रति शोक श्रद्धान्जली व्यक्त गर्नुका साथै ट्युनिशिया सरकार, मृतकका परिवार र घाइतेहरुलाई सम्वेदना व्यक्त गरेको पनि बताउनु भएको छ।

जानकारी तथा लेखहरु