फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नै लगानीमा कृषि सडक

(GMT+08:00) 2015-11-26 18:13:06

सल्यान जिल्ला धनवाङ गाविसका बासिन्दाले आफ्नै लगानीमा कृषि सडक निर्माण गरेका छन्।

विकासका लागि अरूको भर पर्दा पछाडि परेको भन्दै धनवाङ–5 खसटोलका बासिन्दाले आफ्नै लगानीमा करिब दुई किमी सडक निर्माण गरेका हुन्। गाउँमा रहेका 56 घरधुरीले दरिखोलादेखि बैँसरीसम्म जोड्ने मोटर बाटो निर्माण गरेर गाउँमै गाडी पुर्याएको निर्माण समितिका अध्यक्ष गोविन्द रावतले बताएको राससले जनाएको छ।

कृषि सडक बनेपछि गाउँमा उत्पादन हुने अदुवा, सुन्तला, टिमुर, तरकारी लगायत उत्पादन बजारसम्म पुर्याउन र बजारबाट दैनिक उपभोग्य सामान ल्याउन सजिलो हुने भएको छ।

जानकारी तथा लेखहरु