फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबको संख्या थपिने आँकलन

(GMT+08:00) 2015-11-26 18:13:31

पुनर्निर्माणको काम सुरु हुन नसके भूकम्पका कारण प्रभावित सात लाख जनसंख्या पूर्णरुपमा गरिब हुने संयुक्त राष्ट्र संघले औंल्याएको छ। सरकारले अहिलेसम्म पुनर्निर्माणको काम सुरु गर्न नसकेकाले लामो समयसम्म यो अवस्था रहे गरिबको संख्या थपिने आँकलन गरेको हो।

सरकारले जारी गरेको विपतपछिको आवश्यकता पहिचानलाई आधार मान्दै गरिबी संख्या बढ्ने अनुमान गरेको थियो। राष्ट्र संघले गरेको अध्ययनले पनि उक्त जनसंख्या गरिबीको रेखामुनि आउने आँकलन गरेको छ। राष्ट्र संघले बुधबार जारी गरेको कम विकसित मुलुकहरुको प्रतिवेदन–2015 ले सरकारले तत्काल पुनर्निर्माणको काम सुरु गर्नुपर्ने सुझाव दिएको नागरिकन्यूजले लेखेको छ।

ग्रामीण तथा हिमाली क्षेत्रमा पुनर्निर्माणको काम सुरु गर्न पनि राष्ट्र संघले सुझाव दिएको छ। सरकारी क्रियाकलापले अहिले अस्थायी रुपमा गरिब रहेको जनसंख्या पूर्ण गरिबीको तहमा झर्न सक्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार लामो समयसम्म नेपालले रोजगारी सिर्जनाको क्षेत्रमा सुधार गर्न सकेको छैन।

ग्रामीण क्षेत्रको जनशक्ति सहर झरेपछि फर्कन नचाहने प्रवृत्तिका कारण पनि उक्त क्षेत्रमा जनशक्ति अभाव हुँदै गएको प्रतिवेदनमा उल्लेख छ। ग्रामीण क्षेत्रको जीवनस्तर माथि उठाउन रोजगार, सरसफाइ तथा खानेपानी, विद्युतीकरणमा सुधार आउनुपर्ने देखाइएको छ।

जानकारी तथा लेखहरु