फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षको राजकीय भ्रमणसम्बन्धमा परराष्ट्र मन्त्रालयद्वारा पत्रकार सम्मेलनको आयोजना

(GMT+08:00) 2015-11-26 18:14:45

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको नभेम्बर 29देखि डिसेम्बर 5तारिखसम्म फ्रान्समा आयोजना हुने जलवायु परिवर्तन पेरिस सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने, जिम्बाब्वे र दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्नुहुने र जोहान्सबर्गमा आयोजना हुने चीन अफ्रिका सहयोग मञ्चको शिखर सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रमबारे जानकारी दिनका लागि हिजो 25 तारिख चीनको परराष्ट्र मन्त्रालयले चिनियाँ तथा विदेशी सञ्चार माध्यमबीच एक प्रेस सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा उप परराष्ट्र मन्त्री ल्यु चेन मिन, चाङ्ग मिङ्ग र उप वाणिज्य मन्त्री छ्याआन ख मिङ्गले सम्बन्धित विषयबारेमा पत्रकारद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिएका छन्।

उप परराष्ट्र मन्त्री ल्युका अनुसार राष्ट्राध्यक्ष सीको जलवायु परिवर्तन पेरिस सम्मेलनको उद्घाटन समारोहको सहभागिताबाट चीनले जलवायु परिवर्तन समस्यालाई निकै जोड दिएको मात्र नभइ फ्रान्सको संयोजनमा ठूलो समर्थन दिएको पनि अभिव्यक्त भएको छ। यस उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सीले चीनको विश्व जलवायुको व्यवस्थापनप्रतिको धारणा तथा सुझावको व्याख्या गर्दै सम्बोधन गर्नुहुने छ।

राष्ट्राध्यक्ष सीले जोहान्सबर्गमा आयोजना हुने चीन अफ्रिका सहयोग मञ्चको शिखर सम्मेलनमा भाग लिनुहुने सम्बन्धमा उप परराष्ट्र मन्त्री चाङ्ग मिङ्गले जानकारी दिनुभएअनुसार चीन र अफ्रिकाबीचको सम्बन्धलाई माथि उकास्नका लागि सो कार्यक्रमको कोशेढुङ्गाको भावार्थ रहेको छ। चीनले यस शिखर सम्मेलनमा अफ्रिकाको दिगो विकास र चीन-अफ्रिकाबीचको सहयोगका लागि श्रृँखलाबद्ध कदम घोषणा गर्ने भएको छ।

जानकारी तथा लेखहरु