फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दातृ मुलुकलाई आफ्नो बचनबद्धता व्यवहारमा उतार्न संयुक्त राष्ट्र संघको आग्रह

(GMT+08:00) 2015-11-26 18:15:08

संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनले हिजो 25 तारिख एक प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न दातृ मुलुकलाई अति कम विकसित मुलुकलाई सहायता प्रदान गर्ने बचनबद्धतालाई व्यवहारमा उतार्न आग्रह गरेको छ। जसबाट सन् 2030सम्म अत्याधिक गरिबी हटाएर दिगो विकास उद्देश्यलाई साकार तुल्याउनसकिने छ।

हिजो सार्वजनिक"सन् 2015 अति कम विकसित मुलुक प्रतिवेदन"का अनुसार वितेका बीस तीस वर्षयता विश्वको सबैभन्दा न्यून औसतको प्रतिव्यक्ति उपभोग्य स्तर बढेको छैन। सन् 2030सम्म दिगो विकास उद्देश्यलाई पूरा गर्नका लागि सो उपभोग्य अंक आउने पन्ध वर्षभित्रमा दुई गुणाले बढ्नुपर्छ। अति कम विकसित मुलुकको 75प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा रहेको छ। त्यसैले ग्रामीण क्षेत्रको आर्थिक बनौटलाई परिवर्तन गर्नु र ग्रामीण गरिबीलाई हटाउनु नै दिगो विकास उद्देश्यलाई साकार तुल्याउने सार तत्व हो। यसका लागि आधारभूत प्रबन्धको निर्माण शक्तिलाई बढाउँदै कृषि उत्पादन क्षमतालाई माथि उकास्नुपर्छ।

जानकारी तथा लेखहरु