फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा छिङ्ग हाइ र तिब्बत मात्रै पर्यावरणीय शेष

(GMT+08:00) 2015-11-26 18:15:32

विश्व प्रकृति कोष र चिनियाँ वातावरण तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समितिले संयुक्त रुपमा नभेम्बर 12 तारिख "पृथ्वीको जीवनशक्ति प्रतिवेदन-चीन सन् 2015" प्रकाशित गरेको छ। यो प्रतिवेदनका अनुसार, पाँच वर्षअघि भित्री मंगोलिया, युननान, हाइनान, युगुर स्वायत्त प्रदेश, छिङ्ग हाइ र तिब्बत लगायत छ प्रान्त पर्यावरणीय शेष थिए। तर हाल चीनमा छिङ्ग हाइ र तिब्बतले मात्रै पर्यावरणीय शेष कायम राखेका छन्।

यो प्रतिवेदनको मुख्य विषयवस्तु विकास, प्रजाति र पर्यावरणीय सभ्यता रहेको छ। पर्यावरणीय शेषको अर्थ उर्जा-श्रोतको उपभोग प्राप्त गर्ने श्रोत-साधनभन्दा कम हुनु हो।

जैविक विविधताको संरक्षण क्षेत्रीय पर्यावरणीय सभ्यताको विकास गर्ने महत्वपूर्ण कडी हो। राष्ट्रिय तथा प्रान्तीय वन, मौसम तथा वातावरण सुरक्षा आदि विभागको तथ्याँकबाट हेर्दा छिङ्ग हाइ-तिब्बत पठारभूमिमा पर्यावरणीय प्रणाली क्रमशः स्थीर हुँदैआएको छ। त्यो क्षेत्रमा घाँसे मैदान, जल, सिमसार र वनको क्षेत्रफल बढेर जैविक विविधता कायम हुनाको साथै वृद्धिका लागि आधार तयार पार्दै पर्यावरणीय प्रणालीको पुनःप्राप्तिलाई केन्द्रिय रुपमा प्रभाव पारेको छ।

जानकारी तथा लेखहरु