फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कृषि मन्त्रालयको दक्षिण-दक्षिण सहयोग योजनाबाट सहयोग लिने मुलुकमा बालीको उत्पादन 30-60प्रतिशतले वृद्धि

(GMT+08:00) 2015-11-26 18:18:38

सन् 1996देखि चिनियाँ कृषि मन्त्रालयले हालसम्म बीस वटाभन्दा बढी दक्षिण-दक्षिण सहयोग योजनालाई व्यवहारमा उतारेको छ जसबाट सहयोग लिने मुलुकमा बालीको सरदर उत्पादन मात्रा 30देखि 60प्रतिशतले वृद्धि भएको छ। जसबाट स्थानीय कृषि उत्पादन क्षमता माथि उकासिएको छ। चीन र कृषि तथा जीवविज्ञान अन्तर्राष्ट्रिय केन्द्र सीएबिआइबीचको रणनैतिक सहयोगको बीसौं वार्षिक गोष्ठीमा उक्त जानकारी दिइएको हो।

कृषि सम्बन्धी दक्षिण-दक्षिण सहयोगलाई समर्थन दिनका लागि चीन सरकारले राष्ट्र संघीय खाद्यान्न तथा कृषि संगठन अर्थात एफएओलाई बेग्ला-बेग्लै रुपमा चन्दा स्वरुप तीन करोड र पाँच करोड अमेरिकी डलरको रकम दिएर कोषको स्थापना गरेको छ।

गोष्ठीमा चिनियाँ कृषि उपमन्त्री छ्यु तुङ्ग युले सम्बोधन गर्दै चीन सरकारले अन्तर्राष्ट्रिय विकास तथा सहयोगलाई सधैं नै महत्व दिएको बताउनुभएको छ। हालसम्म चीनले करिब एक सय चालीस मुलुकसँग र सीएबिआइलगायत मुख्य अन्तर्राष्ट्रिय संगठनसँग कृषिसम्बन्धी आदान-प्रदान तथा सहयोग सम्बन्धको स्थापना गरिसकेको छ।

जानकारी तथा लेखहरु