फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"क्यामरामा चीन-बंग्लादेशको मित्रता" शीर्षकको फोटो प्रदर्शनी

(GMT+08:00) 2015-12-01 15:35:21

         

           उक्त उद्धाटन समारोहमा चीनको चआइ लिमिटेड कम्पनीका पाँचजना चिनियाँ भान्छेले तत्स्थानका दर्शकहरूसामु विभिन्न प्रकारका मीठा चिनियाँ खाना बनाउने कुशल कलाको प्रदर्शन गरेका छन्। ती भान्छेहरूको उच्चस्तरीय प्रविधिको तत्स्थानका दर्शकहरूले निकै प्रशंसा गरेका छन्। बङ्ग्लादेशी राज्य मन्त्री मान्नानले चिनियाँ मिठाई चाखेपछि चियियाँ खानेकुराको उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले बङ्ग्लादेश र चीन मैत्रीपूर्ण छिमेकी मुलुक हुन् भन्दै दुवै देशका जनता बीचको मित्रता धेरै वर्षअगाडिदेखि नै कायम रहँदैआएको कुरा औँल्याउनुभयो। उहाँका अनुसार, प्राचीन चीनको मिङ्ग वंशकालका चङ ह नामका पदाधिकारीको नेतृत्वमा रहेको पानी जहाज टोलीले अघिपछि तीनपटक गरी बङ्ग्लादेशको चित्तागोङ क्षेत्रको भ्रमण गरी स्थानीय बासिन्दाका लागि चिनियाँ माटोद्बारा बनाइएका भाँडाकुँडा र चिया ल्याएको थियो। त्यसैगरी दुवै देश बीचको वाणिज्य र व्यापारिक आवत-जावत त्यहीँ समयदेखि नै शुरु भएको हो। रेशमी मार्गमा रहेको महत्वपूर्ण मुलुकको हैसियतले बङ्ग्लादेशले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा प्रस्तुत रेशमी मार्ग र एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्ग अर्थात् एक पेटी एक मार्ग भन्ने रणनिति बमोजिम चीनसित अझ व्यापक सहयोग गरेर आपसी हितयुक्त र साझा जित हुने लक्ष्यलाई साकार तुल्याउने आशा पनि राज्य मन्त्री मान्नानले व्यक्त गर्नुभएको छ।

         "क्यामरामा चीन-बंग्लादेशको मित्रता" शीर्षकको इन्टरनेट फोटो प्रतियोगिता यस वर्षको जून महिनादेखि शुरु भएको थियो। चीन र बङ्ग्लादेश दुवै देशका फोटोप्रेमीहरूका रचनामार्फत दुवै देश बीचको मैत्रीपूर्ण आदान-प्रदान र आवत-जावत हुने रङ्गीचङ्गी तस्वीरको प्रदर्शन त्यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ। प्रतियोगितामा सहभागी भएका फोटोप्रेमीहरूमध्ये पेशागत चित्रकार, फोटोग्राफर, बङ्ग्लादेशमा अध्ययनरत् विदेशी विद्यार्थी, बङ्ग्लादेश गएर यात्रा गर्ने चिनियाँ यात्रुहरू हुनुका साथै दुवै देशका सरकारी पदाधिकारी, कुटनीतिज्ञ र व्यवसायका उच्च जिम्मेवार व्यक्तिहरू पनि समावेश छन्।


1 2 3
जानकारी तथा लेखहरु