फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'नेपाल' शीर्षकको चिनियाँ पुस्तक लोकार्पण

(GMT+08:00) 2015-12-02 19:44:53

       आज डिसेम्बर दुई तारिख पैचिङ्गअवस्थित चीनका लागि नेपाली दूतावासमा एक भव्य समारोहबीच 'नेपाल' शीर्षकको चिनियाँ भाषामा मुद्रित पुस्तक लोकार्पण गरिएको छ। नेपाल चीन दौत्य सम्बन्धको 60औं वार्षिकोत्सवको अवसरमा सामाजिक विज्ञान प्रतिष्ठान प्रेसद्वारा प्रकाशित सो पुस्तक चीनका लागि नेपाली दूतावास र उक्त प्रतिष्ठानले संयुक्त रुपमा यस पुस्तक लोकार्पणको कार्यक्रमको आयोजना गरेको हो।

        चीनका लागि नेपाली राजदूत डाक्टर महेश कुमार मास्केले उक्त पुस्तक विमोचन गर्नुभएको थियो। समारोहलाई सम्बोधन गर्दै राजदूत मास्केले 450पृष्ठको यस पुस्तकले चिनियाँ जनतामाझ नेपालको बारेमा विस्तृत जानकारी दिने बताउनुभयो। साथै राजदूत मास्केले बाह्र बुँदे सहमतिमा पनि यस पुस्तकका लेखक प्रोफेसर वाङ्ग हुङ्ग वैको भुमिका रहेको स्मरण गर्नुभएको थियो।

         यस पुस्तकका लेखक वाङ्ग नेपालको असल मित्रको रुपमा परिचित हुनुहुन्छ। उहाँ चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एशिया ब्यूरोका पुर्व अनुसन्धानविद् एवं चिनियाँ दक्षिण एशिया संघका पुर्व सल्लाहकार हुनुहुन्छ। उहाँले पटक-पटक नेपालको भ्रमण गरेर नेपालको राजनीतिलगायतका विषय र आफ्नो अनुभव र अनुसन्धानका विषयलाई पत्रपत्रिकामा छाप्नुका साथै पुस्तकाकारको रुपमा पनि निकाल्दैं आउनुभएको छ।

         यस पुस्तकमा नेपालको परिचय, इतिहास, राजनीति तथा सैन्य, अर्थतन्त्र, समाज, सँस्कृतिलगायत विविध विषय समेटिएको लेखक वाङ्गले जानकारी दिनुभएको छ। उहाँका अनुसार, चालू वर्ष चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको 60औं वार्षिकोत्सव हो। यस उपलक्ष्यमा यस पुस्तकको प्रकाशनको अझ महत्व रहेको पनि बताउनुभयो। यो पुस्तकमार्फत चिनियाँहरुले नेपालबारे अझै बढी जानकारी पाउने र दुई मुलुकबीचको मित्रता र आदान-प्रदानका लागि सहयोगी हुने आशा पनि लेखक वाङ्गले गर्नुभएको छ। साथै उहाँले सम्बोधनको क्रममा पूर्व राजा वीरेन्द्रसँगको भेटको पनि सम्झना गर्नुभएको थियो।

          लोकार्पण समारोहमा नेपालका लागि पूर्व चिनियाँ राजदूत लिऊ त प्याओ लगायत चीन-नेपालसम्बन्धित मैत्रि संस्थाका व्यक्तित्व, विभिन्न सञ्चार माध्यमका प्रतिनिधीको उपस्थिती रहेको थियो। 

          यस पुस्तकको प्रकाशक सामाजिक विज्ञान प्रतिष्ठान प्रेस सन् 1998मा स्थापना भइ सन् 1999देखि पुस्तक प्रकाशन गर्दैआएको छ। प्रेसका प्रमुख स्ये सौ क्वाङ्गले 163मुलुक तथा अन्तर्राष्ट्रिय संघसंस्थाका परिचयसहित हालसम्म 144वटा पुस्तक प्रकाशित गरिसकेको यस संस्थाले गाइड टू ड वल्ड नेसन्स् नाममा श्रृंखलाबद्ध रुपमा विभिन्न राष्ट्रको परिचयात्मक पुस्तक प्रकाशन गर्दैआएको र त्यसैमा यो नेपाल थपिएको पनि बताउनुभएको छ। साथै उहाँले सन् 2004मा नै लेखक प्रोफेसर वाङ्गको लेख सङ्कलन गरी नेपाल नाममा पुस्तक प्रकाशित गरिसकेको भएता पनि हाल चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको 60औं वार्षिकोत्सवको अवसरमा र दश वर्षको अन्तरालमा धेरै परिवर्तन भइसकेकाले केही थप तथा नौलो विषय समेटेर यस पुस्तक प्रकाशन गरेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु