फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती बौद्ध धर्म अवतारीसम्बन्धी अनलाइन प्रणाली सञ्चालनमा

(GMT+08:00) 2016-01-18 18:07:10

तिब्बती बौद्ध धर्म औतारी वेभसाइट जाँच प्रणाली यही अठार तारिखदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। यसरी चीनको बौद्ध धर्म परिषद वेभसाइट, राष्ट्रिय धार्मिक मामिला व्युरो वेभसाइट, चीनको तिब्बत वेभसाइटमा सार्वजनिक भएबाट चीनको धार्मिक गुरुहरुको पहिचान सम्बन्धी सूचना पहिलो पटक इन्टर्नेटमा खोज्न सकिने प्रणाली स्थापित गरिएको छ। हाल यस सिस्टममा 870 जना औतारी गुरु सम्बन्धी जानकारी मूलक सूचनाहरु लिन सकिन्छ।

यो सिस्टम सञ्चालनमा आएबाट चीनको बौद्ध धर्म परिषदले धार्मिक मामिलालाई अझ बढी खुल्ला तथा सुव्यवस्थित बनाउने एक महत्वपूर्ण कदम थालिएको चीनको बौद्ध धर्म परिषदका उपाध्यक्ष द्रुखाङ्ग थुब्देन खेद्रुपले बताउनुभयो। उहाँका अनुसार हालैका केही वर्षयता केही व्यक्तिद्वारा चिनियाँ औतारीको हैसियत नक्कल गरी नाफा लिन खोजेको पाइएको छ जसबाट तिब्बती बौद्ध धर्म र औतारी समूहको प्रतिष्ठामा आँच पुर्‍याइएको छ। यो सिस्टमको प्रयोगले तिब्बती बौद्ध धर्मको बैधानिक अधिकारको राम्ररी संरक्षण गर्नुका साथै समाजका विभिन्न पक्षले तिब्बती बौद्ध धर्म तथा औतारी समूहको जानकारी लिनुका लागि फाइदाजनक हुनेछ।

जानकारी तथा लेखहरु