फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल टेलिकमले झन्डै 8 सय कर्मचारीलाई हटाउने

(GMT+08:00) 2016-02-12 15:41:54
दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले 796 कर्मचारीलाई आकर्षक रकमसहित स्वेच्छिक अवकाश दिने निर्णय गरेको छ। लामो समय काम गरेका पुराना कर्मचारी कटौती गर्ने नीतिअनुसार पहिलो चरणमा 796 कर्मचारी कटौती गर्ने निर्णय गरेको अनलाइन खबरले लेखेको छ। कर्मचारी कटौतीबारे निर्णय गर्न सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार टेलिकमको बोर्ड बैठक बसेको थियो। टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले भन्नुभयो, 'अवकाश लिने कर्मचारीहरुलाई पेन्सन, बाँकी सेवा अबधिको रकम र हालसम्म गरेको सेवाको मूल्यांकनसहित आकर्षक रकम दिएर विदा दिने निर्णय भएको छ।' प्रबन्ध निर्देशक आचार्यका अनुसार स्वेच्छिक अवकाश लिने कर्मचारीहरुले बढीमा एक करोड रुपैयाँसम्म पाउनेछन्। टेलिकमले पहलो पटक 'गोल्डेन हृयाण्डसेक' सहित स्वेच्छिक अवकास योजना ल्याएको हो। टेलिकमले स्थायी भएर 25 बर्ष सेवा अवधि पूरा गरिसकेका 14/15 सय कर्मचारीहरुलाई स्वेच्छिक अवकास दिने लक्ष्य राखेको छ। बाँकी कर्मचारीहरुलाई पनि यसै आर्थिक बर्षभित्र अवकाश दिइने प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो। पहिलो चरणमा स्वेच्छिक अवकाश लिनका 8 सय बढी कर्मचारीलेले आवेदन दिएका थिए। अवकास लिनेहरु एकदेखि एघारौं तहसम्मका कर्मचारी रहेका छन्। जसमध्ये 5, 6 र 7 औं तहका कर्मचारी बढी रहेको प्रबन्ध दिर्नेशक आचार्यले जानकारी दिनुभयो। टेलिकमका देशभर रहेका कार्यालयहरुमा करिव 51 सय कर्मचारीहरु कार्यरत छन्। 'विश्वमा नयाँ प्रविधिको विकास भइसकेको छ, टेलिकमजस्तो संस्थामा नयाँ-नयाँ प्रविधि प्रयोग गर्नुपर्छ' प्रबन्ध निर्देशक आचार्यले भन्नुभयो- 'नयाँ प्रविधि सँगसँगै काम गर्न पुराना कर्मचारीबाट सम्भव हुँदैन।' पुराना कर्मचारीलाई राजिखुशी अवकाश दिएमा नयाँ पुस्ताले काम पाउँछन्। नयाँ पुस्ता प्रविधिसँग पनि धेरै जानकार हुने गर्छन्। टेलिकमको स्वेच्छिक अवकास योजनामा धेरै कर्मचारी आकषिर्त भएको आचार्यले बताउनुभयो। स्वच्छिक अवकास कर्मचारी र संस्था दुबैका लागि हितकर रहेको उहाँको भनाइ छ। 'एउटै संस्थामा लामो समय काम गर्दा कर्मचारीलाई मोनोटोनस हुन सक्छ, टेलिकमजस्तो संस्थामा चुस्त काम गर्ने जनशक्ती चाहिन्छ' प्रबन्ध निर्देशक आचार्यले भन्नुभयो- 'त्यही भएर पुराना कर्मचारी हटाउँदै नयाँ पुस्तालाई भित्राउने हाम्रो लक्ष्य हो।' नयाँ प्रविधि भित्रिएसँगै कर्मचारी पनि कम आवश्यक हुन थालेको आचार्यले बताउनुभयो। यसका साथै कतिपय कामहरु आउट सोर्सिङबाट गर्न थालेपछि कर्मचारी बढी हुन पुगेका हुन्। अहिले टेलिकमले सुरक्षा गार्ड, मर्मत सम्भार, सरसफाई लगायतका लागि आउटसोर्सिङबाट काम गर्न सुरु गरिसकेको छ।
जानकारी तथा लेखहरु