फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विश्वको तेस्रो ठूलो बिमा बजार

(GMT+08:00) 2016-02-12 15:59:24
चीनको बिमा व्यवस्थापन तथा अनुगमन समितिले बताए अनुसार, चीन विश्वको तेस्रो ठूलो बिमा बजार बनिसकेको छ। "बाह्रौं पञ्च वर्षीय योजना" अवधिमा चीनको बिमाको शक्ति र अन्तर्राष्ट्रिय प्रभावले नयाँ भर्‍याङ्गतर्फ लम्केको छ। चीनको बिमा आम्दानी सन् 2010 को 13 खर्ब चिनियाँ युआनबाट बढेर सन् 2015 मा 24 खर्ब चिनियाँ युआन पुगेको छ। बिमा व्यवसायको कुल पूंजी सन् 2010 को 50 खर्ब चिनियाँ युआनबाट बढेर सन् 2015 मा 120 खर्ब चिनियाँ युआन पुगेको छ। नाफाबाट हेर्दा बिमा व्यवसायको नाफा सन् 2010 को 83 अर्ब 70 करोड चिनियाँ युआनबाट बढेर सन् 2015 मा 2 खर्ब 82 अर्ब 40 करोड चिनियाँ युआन पुगेको छ। चीनको बिमा बजारको श्रेणी विश्वको छैठौं स्थानबाट माथि उक्लेर तेस्रो स्थानमा पुगेको छ।
जानकारी तथा लेखहरु