फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ्गमा भएको हुलहुज्जतबारे चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2016-02-12 16:30:16
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ लैले हिजो एघार तारिख हङ्गकङ्गमा भएको हुलहुज्जत काण्डबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुभएको छ। उहाँले हङ्ककङ्ग समाजको मूल स्थिति तथा स्थिरताको संरक्षण गर्नका लागि हङ्ककङ्ग विशेष प्रशासनिक क्षेत्रीय सरकार तथा प्रहरीले कानून वमोजिम कानून विपरीत गतिविधिलाई नियन्त्रण गर्न चीनको केन्द्रिय सरकारले समर्थन गरेको बताउनुभयो। प्रवक्ता हुङले फेब्रअरी नौ तारिख विहानै हङ्गकङको मङकक क्षेत्रमा केही स्थानीय उग्रबादी र पृथकतावादी संगठनले योजनावद्ध रुपमा हुलहुज्जत गरेको बताउनुभयो। आंशिक हिंसाकर्ताले बाटोमा अवरोध पुर्‍याइ सामानमा आगो लगाएको साथै प्रहरीको गाडीलाई पनि ध्वस्त पारेका थिए। उनीहरुले प्रहरीमाथि ढुङ्गा हानेर घाइते बनाएको र घाइते प्रहरीलाई घेरा गरी शारीरिक आक्रमण गरेका थिए। सो घटनामा 89 जना प्रहरी तथा केही पत्रकारहरु घाइते भएका छन्। हङ्गकङ्ग प्रहरीले पेशागत रुपमा संमयता अपनाएर कानुन अनुसार प्रभावकारी कदम चालेर हुलहुज्जतलाई नियन्त्रणमा लिएको छ। हङ्गकङ्ग समाजले ती हिंसात्मक गतिविधिको कडा निन्दा गर्दै प्रहरीको पूर्ण समर्थन गरेको छ। प्रवक्ता होङले कानून अनुसार संचालित हङ्गकङ्गमा हङ्गकङ्ग विशेष प्रशासनिक सरकार तथा प्रहरीले कानून अनुसार सामाजिक सुरक्षाको संरक्षण गर्ने विश्वास तथा समर्थन केन्द्रीय सरकारले गरेको पुष्टि गर्नुभएको छ।
जानकारी तथा लेखहरु