फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीद्वारा इरानका विदेश मन्त्रीसँग भेट-घात

(GMT+08:00) 2016-02-12 16:33:26
चीनका परराष्ट्रमन्त्री वाङ यीले हिजो 11 तारिख म्युनिखमा आयोजित सिरिया अन्तर्राष्ट्रिय समर्थन टोलीको चौथो विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुँदा इरानका विदेश मन्त्री मोहम्मद जाभद जरिफसँग भेट-वार्ता गर्नुभएको छ। मन्त्री वाङले गएको महिनामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले इरानको औपचारिक भ्रमण गर्नु भएको उल्लेख गर्दै दुई देशबीचमा रणनीतिक साझेदारी सम्बन्ध स्थापना गर्ने संयुक्त वक्तव्य सार्वजनिक भएको बताउनुभयो। चीन र इरानबीचको व्यावसायिक सहयोगलाई गहन बनाउनुपर्ने र यी दुई देशबीचको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई अझ बढी प्रगति गराउनुपर्ने कुरा पनि उहाँले औँल्याउनुभयो। इरानी विदेश मन्त्री जरिफले चीनका राष्ट्राध्यक्ष सीको भ्रमण सफल भएकोमा इरानले उच्च प्रशंसा गरेको बताउँदै चीनसँग मिलेर दुवै नेताबीचको सहमति र विभिन्न क्षेत्रको सहयोगलाई प्रबर्द्धन गर्ने कुरा व्यक्त गर्नुभयो।
जानकारी तथा लेखहरु