फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज विश्व रेडियो दिवस नेपालमा पनि मनाइदैँ

(GMT+08:00) 2016-02-13 16:02:24
विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ। यसवर्ष विश्व रेडियो दिवसको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ। संयुक्त राष्ट्रसंघको आहृवानमा सन् 2012 बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको अनलाइन खबरले लेखेको छ। स्पेनको प्रस्तावमा युनेस्कोको 36 औँ सम्मेलनले सन् 2011 नोभेम्बर 3 तारिखमा हरेक वर्षको फेब्रुअरी 13 तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। नेपालमा बिक्रम सम्बत 2003 सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने 2007 साल मंसिर 28 गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो। विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको 94 वर्ष भएको छ। नेपालमा 2052 सालदेखि एफएम प्रशारण सुरु भएको हो। अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन्। नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन्।
जानकारी तथा लेखहरु