फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनमा 10 औँ सौराहा फुड फेस्टिवल सुरु

(GMT+08:00) 2016-02-13 16:04:19
"प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता" भन्ने नाराका साथ 10औँ सौराहा फुड फेस्टिवल हिजो शुक्रवारदेखि सुरु भएको छ। रेष्टुरेन्ट एण्ड वार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा रत्ननगर 17 स्थित सिसुवार खेल मैदानमा फुड फेस्टिवल आयोजना गरिएको अनलाइन खबरले लेखेको छ। फेस्टिवलको उद्घाटन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले फेस्टिवलले सौराहाको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भुकम्प, तराई आन्दोलनले पर्यटन क्षेत्रमा ठुलो क्षती पुर्‍याएका बेला फेस्टिवलले आन्तरिक पर्यटक बढाउन मद्दत गर्ने प्रजिअ सिंहले बताउनुभयो। कार्यक्रममा रेवानका केन्द्रीय अध्यक्ष प्रमोद जैसवालले चितवनमा थप गन्तव्य पहिल्याएर पर्यटकलाई अझ बढी आकषिर्त गर्नुपर्नेमा जोड दिनुभयो। प्रेम दिवसको अवसर पारेर आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यका साथ रेवान सौराहाको आयोजनामा प्रत्येक वर्ष फुड फेस्टिवल हुदै आएको छ। फेस्टिवलमा प्रेम पत्र लेखन, पानी पिउने, पत्रकारबीच चिचर खाने, वेलुन फुटाउने, दुना टपरी गाँस्ने लगायतका प्रतियोगिता आयोजना हुनेछन्। फेस्टिवल फागुन 4 गते सम्म चल्नेछ।
जानकारी तथा लेखहरु