फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्री वाङ्ग यीद्बारा अमेरिकाका विदेश मन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2016-02-13 16:05:19
हिजो फेब्रुअरी बार तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले जर्मनीको म्युनिख शहरमा अमेरिकी विदेश मन्त्री जोन केरीसँग भेट-वार्ता गर्नुभएको छ। सो भेट-वार्तामा चिनियाँ परराष्ट्रमन्त्री वाङ्गले केही दिन अगाडि चीनका राष्ट्रध्यक्ष सी चिन फिङ्गले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग टेलिफोनबाट कुराकानी गरी आगामी दिनमा दुई मुलुकबीचको सम्बन्धमा महत्वपूर्ण विचार व्यक्त गर्नु भएको उल्लेख गर्नुभयो। राष्ट्राध्यक्ष सीले चीन तथा अमेरिका दुई मुलुकको साझा प्रयासमार्फत पूर्वसहमति भएका र दुई पक्षबीचको सम्बन्ध निरन्तररुपमा स्वस्थ र स्थिर हुँदै जाने आशा लिएको कुरा पनि वाङ्गले जानकारी दिनुभयो। उत्तर-कोरियाको परिस्थितिबारेमा वाङ्ग यी र करीबीचमा बैचारिक आदान-प्रदान भएको छ। उत्तर-कोरियाको आणविक मिसाइलको उत्पादनको विरोध गर्न संयुक्त राष्ट्र संघको परिषद परामर्शको प्रक्रियालाई अघि बढाउनेमा चीन र अमेरिकाले सहमति गरेका छन्।
जानकारी तथा लेखहरु