फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

52 औँ म्यूनिक रक्षा सम्मेलन शुरु

(GMT+08:00) 2016-02-13 16:29:56
52‌ औँ म्यूनिक रक्षा सम्मेलन 12 तारिख जर्मनीको दक्षिणी शहर म्यूनिकमा शुरु भएको छ। उक्त सम्मेलन भोलि 14 तारिखसम्म चल्ने छ। तीस जना राष्ट्रनायक, सत्तरी जना विदेश मन्त्री तथा रक्षा मन्त्रीलगायत करीब छ सय जना प्रतिनिधिले यूरोपेली शरणार्थी संकट, सिरिया संकट, आतंकवादी प्रहार, इन्टर्नेट सुरक्षा, सरुवा रोगआदि विश्वका स्थिर र सुरक्षासित सम्बन्धित विषयहरुबारे छलफल गर्ने छन्। म्यूनिक रक्षा सम्मेलनका अध्यक्ष वल्डगाङ्ग इस्चिङ्गरले उदघाटन समारोहमा विश्वको रणनीतिक वातावरणको सामु शीत युद्धयता सबैभन्दा गम्भीर चुनौती देखापरेको, सिरिया अन्तर्राष्ट्रिय समर्थन टोलीको चौथो विदेश मन्त्रीस्तरीय बैठकमा गरिएको निर्णय प्रोत्साहित भएको कुरा बताउनुभयो। जर्मनीका रक्षा मन्त्री ऊर्सुला भोन डेर लेयेनले उदघाटन समारोहमा संकटको सामु यूरोपले सुरक्षा र मानवीय मर्यादा दुबै क्षेत्रलाई वास्ता गर्नुपर्ने कुरामा जोड दिनुभयो।
जानकारी तथा लेखहरु