फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजसँग आतंकवाद विरोधी साझा शक्ति बनाउन चीनको आव्हान

(GMT+08:00) 2016-02-13 16:30:47
संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि लिउ चे यीले हिजो 12 तारिख आतंकवाद र हिँसात्मक उग्रवादका समस्यामा अन्तर्राष्ट्रिय समाजको समन्वय बढाउनुपर्ने र साझा शक्ति पूरा गर्नुपर्ने कुरा बताउनुभएको छ। संयुक्त राष्ट्र संघको महासभाले हिंसात्मक उग्रवाद विरोधी कारवाही योजनाबारे पूर्ण सम्मेलनको आयोजना गरेको छ। लिउले अन्तर्राष्ट्रिय समाजले "संयुक्त राष्ट्र संघीय बडा पत्र"को सिद्धान्त र अरु अन्तर्राष्ट्रिय कानुन अनुसार संयुक्त राष्ट्र संघको समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने, आतंकवाद विरोधी संयुक्त मोर्चा बनाउनु पर्ने र अन्तर्राष्ट्रिय आतंकवाद विरोधको प्रयास बढाउनुपर्ने बताउनुभयो। यसका साथै उहाँले चीनले अन्तर्राष्ट्रिय समाजका अरु सदस्यहरुसँग मिलेर आतंकवाद र हिंसात्मक उग्रवादको त्रास-धम्कीप्रति संयुक्त रुपमा सामना गर्ने, विश्वको शान्ति तथा सुरक्षाको संयुक्त रुपमा संरक्षण गर्ने कुरामा जोड दिनुभयो।
जानकारी तथा लेखहरु