फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्बीपको आणविक समस्याबारे चीनका अडान

(GMT+08:00) 2016-02-13 16:51:10
हिजो फेब्रुअरी बाह्र तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले जर्मनीको म्युनिखमा अमेरिकी रायटरलाई अन्तर्वार्ता दिँदै कोरियाली प्रायद्बीपको आणविक समस्याबारे चीनको अडान तथा नीतिलाई प्रष्ट्याउनु भएको छ। परराष्ट्रमन्त्री वाङ्गले चीन कोरियाली प्रायद्बीपको छिमेकी मुलुक र नजिकैको स्थिरता संरक्षण गर्ने जिम्मेवारी लिने महत्वपूर्ण मुलुक रहेको औँल्याउनुभयो। कोरियाली प्रायद्वीपको आणविक समस्यामा चीनले केही सिद्धान्तहरुको अनुपालन गर्ने कुरा उहाँले प्रष्ट्याउनुभयो। परराष्ट्रमन्त्री वाङले अगाडि सार्नु भएका बुँदाहरुमा उत्तर वा दक्षिण कोरियाली प्रायद्बीप पूर्ण रुपले आणविकरहित हुनुपर्ने बताउँदै आफैँले बनाउने वा बाहिरबाट आयात गर्न पनि नपाइने उहाँको पहिलो बुँदा रहेको छ। त्यसैगरी उहाँको दोस्रो बुँदामा आगामी केही समय लडाईंमार्फत समस्याको समाधान खोज्ने कुरालाई चीनले स्वीकार गर्न सक्नेछैन। चीन आफ्नो राष्ट्रिय संरक्षणको अवस्थालाई व्यावसायिक सुरक्षा गर्ने र छिमेकमा द्वन्द्व हुँदा त्यसले चीनलाई पनि असर गर्ने भएकाले शान्तिपूर्ण तरिकाले समाधान खोज्नुपर्ने उहाँको तेस्रो बुँदा रहेको छ।
जानकारी तथा लेखहरु