बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन पाँच तारिख विहान नौ बजे जन वृहत सभा भवनमा शुरु हुने भएको छ। सो अवसरमा चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले प्रस्तुत गर्नुहुने सरकारी कार्य प्रतिवेदनको लेखाजोखा गरिने, गार्हस्थ अर्थतन्त्र तथा सामाजिक विकासको तेह्रौं पञ्च वर्षीय योजनाको मस्यौदा लेखाजोखा गरिने, सन् 2015मा गार्हस्थ अर्थतन्त्र र सामाजिक विकासको कार्यान्वयन अवस्था र सन् 2016मा गार्हस्थ अर्थतन्त्र तथा सामाजिक विकास योजनाको मस्यौदा लेखाजोखा गरिने छ। साथै सन् 2015मा केन्द्रीय सरकार र क्षेत्रीय सरकारको बजेटको कार्यान्वयन अवस्था र सन् 2016मा केन्द्रीय सरकार र क्षेत्रीय सरकारको बजेटको मस्यौदासम्बन्धी चीनको राज्य परिषदको प्रतिवेदनमाथि पनि लेखाजोखा गरिने छ।
पाँच तारिख दिउँसो विभिन्न प्रतिनिधि मण्डलले पूर्ण बैठकको आयोजना गरी सरकारी कार्य प्रतिवेदनको लेखाजोखा गर्ने कार्यक्रम छ।