फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विगत वर्षमा विभिन्न क्षेत्रको समन्वय विकास र नयाँ शहरीकरणलाई अगाडि बढाइएको सरकारी कार्य प्रतिवेदनको ठहर

(GMT+08:00) 2016-03-05 09:44:24

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले 5 तारिख सरकारी कार्य प्रतिवेदन सुनाउँदा विगत वर्षमा विकास सम्भावनाको विस्तारमा ध्यान दिएर विभिन्न क्षेत्रको समन्वय विकास र नयाँ शहरीकरणलाई अगाडि बढाइएको बताउनुभएको छ।

उहाँका अनुसार, सरकारले पूर्वी, मध्य, पश्चिमी तथा उत्तर-पूर्वी क्षेत्रको समन्वय विकासलाई निरन्तर रुपमा अघि बढाउनुका साथै एक पेटी एक मार्गको निर्माण, पैचिङ्ग-थ्यानचिन-ह पै प्रान्तको विकास, याङ्ग सी नदी आर्थिक क्षेत्रको विकासलगायत तीन रणनीतिलाई अगाडि बढाएको छ। साथै आधारभूत प्रबन्ध,पर्यावरणीय सुरक्षा आदि क्षेत्रमा अनेकन महत्वपूर्ण परियोजनालाई व्यवहारमा उतारेको छ। त्यसबाहेक तिब्बत तथा चार प्रान्तमा रहेका तिब्बती बसोबास क्षेत्र र सिनच्याङ्ग युगुर स्वायत्त प्रदेशको विकास नीति तथा कदम तर्जुमा गरेको छ। स्थायी बासिन्दाको दर्ता व्यवस्थापनको सुधार गर्नुका साथै शहर-गाउँबस्तीमा आधारभूत प्रबन्धको निर्माणलाई सबल पारेर नयाँ शहरीकरणमा नयाँ उपलब्धि हासिल गरेको छ।

जानकारी तथा लेखहरु