फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वितेका एक वर्षमा चीनको कुटनीतिक उपलब्धि उल्लेखनीय देखिएको:सरकारी प्रतिवेशन

(GMT+08:00) 2016-03-05 09:53:58

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले प्रस्तुत गर्नुभएको सरकारी प्रतिवेदनमा कूटनीति सम्बन्ध वितेका एक वर्षमा चीनले जापानी अतिक्रमणकारी युद्ध अर्थात् फासिस्ट विरुद्ध विश्व युद्ध विजयको 70औँ वार्षिकोत्सवको स्मरण गरेको थियो। जसबाट फासिस्ट विरुद्ध विश्व युद्धको पूर्वी मुख्य युद्धभूमिको रुपमा चीनको ऐतिहासिक स्थान तथा महत्वपूर्ण योगदान अभिव्यक्त भएको छ। अनि चिनियाँ जनताले विश्वका विभिन्न मुलुकका जनतासँग शान्ति तथा न्यायको संरक्षण गर्ने दृढ विश्वास पनि देखापरेको छ।

वितेका एक वर्षमा चीनको चौतर्फी कूटनीतिमा अत्याधिक तथा उल्लेनीय उपलब्धि हासिल भएको देखिन्छ। राष्ट्राध्यक्ष सी चिन फिङ आदि राष्ट्रिय नेतागणले अनेकन मुलुकको भ्रमण गर्नुका साथै संयुक्त राष्ट्र संघका श्रृँखलाबद्ध शिखर सम्मेलन,बीस मुलुक समूह नेतास्तरीय शिखर सम्मेलन,एशिया प्रशान्त आर्थिक तथा सहयोगात्मक संगठन नेतास्तरीय अनौपचारिक सम्मेलन,जलवायु परिवर्तन सम्मेलन आदि कार्यक्रममा भाग लिएका थिए। यसका अतिरिक्त चीन अफ्रिका सहयोग शिखर सम्मेलन,चीन युरोप नेतास्तरीय वार्ता आदि कार्यक्रमको सफल संयोजन गरिएका थिए। चीनले मुख्य ठूला मुलुकसँगको सम्बन्धको विकासमा नयाँ प्रगति गर्नुका साथै वरिपरिका मुलुकसँगको प्रभावकारी सहयोगलाई गहन ढंगले प्रवर्द्धन गरेको थियो।  

जानकारी तथा लेखहरु