फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विशेषतायुक्त कूटनैतिक सिद्धान्त—प्रधानमन्त्री ली ख छ्याङ्ग

(GMT+08:00) 2016-03-05 11:41:15

चीनले शान्ति, विकास, सहयोग र आपसी विजयको झण्डा निरन्तर रुपमा उठाएर चीनको विशेषतायुक्त कूटनैतिक सिद्धान्तलाई व्यवहारमा उतार्नुका साथै राष्ट्रिय सार्वभौमिक्ता, सुरक्षा र विकास हितको रक्षा गर्दै जानेछ- चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, चीनले मुख्य ठूला मुलुकसँगको समन्वय सहयोगलाई सबल पारेर सकारात्मक आदान-प्रदान र आपसी सहयोगी- साझा विजयी समबन्धको निर्माण गर्नेछ। घनिष्ट, सदिच्छा, फाइदामूलक र मेलमिलापयुक्त कूटनैतिक सिद्धान्तको पालना गरेर वरिपरिका मुलुकसँग दीर्घकालीन शान्तिपूर्ण सहअस्तित्व र विकास गर्नेछ। दक्षिण-दक्षिण सहयोगलाई गहन पार्नुका साथै साझा विकासलाई घच्घच्याएर विकासोन्मुख मुलुकको उचित तथा वैधानिक फाइदाको सुरक्षा गर्नेछ। त्यस्तै विश्वव्यापी र महत्वपूर्ण मामिलामा रचनात्मक रुपमा भाग लिने र समाधानको पहल गर्नेछ। वैदेशिक हितका लागि रक्षा क्षमताको निर्माणलाई तीव्र पारेर चिनियाँ नागरिक र व्यवसायको सुरक्षा गर्नेछ। अन्तर्राष्ट्रिय समाजसँगै मानव शान्ति तथा विकासका लागि अथक प्रयास गर्ने इच्छा चीनले लिएको छ।

जानकारी तथा लेखहरु