फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन पैचिंगमा शुरु

(GMT+08:00) 2016-03-05 15:39:50

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन पाँच तारिख विहान जन वृहत सभा भवनमा शुरु भएको छ।

सो अधिवेशन अध्यक्ष-मण्डलका स्थायी अध्यक्ष एवम् कार्यकारी अध्यक्ष चाङ्ग द च्याङ्गले उक्त अधिवेशनको अध्यक्षता गर्नुभयो।

सी चिन फिङ्ग, ली ख छ्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छि शान, चाङ काउ लि उक्त अधिवेशनको उदघाट समारोहमा उपस्थित हुनुभयो।

विहान नौ बजे चाङ्ग द च्याङ्गले बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन शुरु भएको घोषणा गर्नुभयो।

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले राज्य परिषदको तर्फबाट सो अधिवेशनसमक्ष सरकारको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो।

जानकारी तथा लेखहरु