फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन शुरु

(GMT+08:00) 2016-03-05 16:18:35

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन पाँच तारिख विहान जन वृहत सभा भवनमा शुरु भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले सो अधिवेशनसमक्ष सरकारको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले चालू वर्षमा आर्थिक तथा सामाजिक विकास लक्ष्य पूरा गर्न प्रयास गर्नुपर्ने, धनी, शक्तिशाली, प्रजातान्त्रिक, सभ्य, मेलमिलापयुक्त समाजवाद आधुनिक मुलुकको निर्माण गर्न र चिनियाँ सपना साकार तुल्याउनका लागि नयाँ योगदान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेसका करीब तीन हजार जना प्रतिनिधि सो अधिवेशनमा सहभागी भएका छन्। सो अधिवेशन अध्यक्ष-मण्डलका स्थायी अध्यक्ष एवम् कार्यकारी अध्यक्ष चाङ्ग द च्याङ्गले उक्त अधिवेशनको अध्यक्षता गर्नुभयो। सी चिन फिङ्ग, ली ख छ्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छि शान, चाङ काउ लि उक्त अधिवेशनको उदघाट समारोहमा उपस्थित हुनुभयो।

जानकारी तथा लेखहरु