फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी पाँच वर्षमा चीनमा गरिबी निवारण गरिने जनसंख्या 5 करोड 57 लाख 50 हजार

(GMT+08:00) 2016-03-06 17:58:57

तेह्रौं पञ्च वर्षिय योजनाको अवधि अर्थात् आगामी पाँच वर्षमा चीनमा जनजीवनसँग घनिष्ट सम्बन्धित सबैभन्दा ठूलो कार्य ल्क्ष भनेको गरिबी निवारण लक्ष्यलाई साकार तुल्याउनु हो। सन् 2015मा केन्द्रिय सरकारको आर्थिक कार्य सम्मेलनमा चीनभरि गरिबको जनसंख्या 7 करोड 1 लाख 70 हजार थियो। गरिबी निवारणका लागि लक्षित मापदण्ड लागू भएको एक वर्षपछि गरिबी निवारणबाट मुक्त जनसंख्या 1 करोड 44 लाख 20 हजार भयो। यसरी नै तेह्रौं पञ्च वर्षिय योजनाको अवधिमा गरिबी निवारणबाट मुक्त जनसंख्या 5 करोड 57 लाख 50 हजारले घटेको छ।

उक्त तथ्याङ्क चीन राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख स्यु शाउशले छ तारिख आयोजित बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन सम्बन्धि पत्रकार सम्मेलनमा दिनुभएको हो। तेह्रौं पञ्च वर्षिय योजना कार्यक्रमको मसौदामा जनजीवनसँग घनिष्ट सम्बन्धित क्षेत्रमा अझ धेरै महत्व दिँदै अझ वस्तुगत कदम चालिने उल्लेख गरिएको छ।

साथै उहाँले प्रकाश पार्नुभएको छ कि आगामी पाँच वर्षमा चीनमा केही समूहहरुको हक-अधिकारको प्रत्याभूतिमा महत्व दिइने छ। भविष्यमा चीनका 22 करोड बृद्धबृद्धाको आवश्यक दैनिक सेवामा महत्व दिइने छ। 27 करोड 70लाख किसानहरु पूर्वाधार भएकाहरु शहरमा बस्ने व्यवस्था मिलाएर शहरमा उनीहरुको आधारभूत सार्वजनिक सेवाको प्रत्याभूति दिइने छ। 8 करोड विकलाङ्गको दैनिक जीवनको हेरचार, पुनर्स्थापना, शिक्षा तथा रोजागारी भन्ने विषयहरु पनि तेह्रौं पञ्च वर्षिय योजना कार्यक्रममा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु