फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष"एक पेटी एक मार्ग"को निर्माण अझ राम्रो तथा तीव्र हुने

(GMT+08:00) 2016-03-06 18:09:05

चीनको राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख स्यु शआउ शले आज छ तारिख बाह्रौं राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशनको पत्रकार सम्मेलनमा जनाउनुभएअनुसार सन्2016मा एक पेटी एक मार्गको निर्माण अझ तीव्र रुपमा विकसित हुनुका साथै अन्तर्राष्ट्रिय उत्पादन क्षमता सहयोगमा पनि अझ राम्रो विकास हुने भएको छ।

प्रमुख स्युका अनुसार यस वर्ष चीनले सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरिएका एक पेटी एक मार्गका तटवर्ती मुलुकहरुसँग आउने चरणको ठोस बन्दोबस्ती सुनिश्चित गर्ने भएको छ। अनि अझ बढी कदममार्फत् अन्तर्राष्ट्रिय उत्पादन क्षमता सहयोगलाई प्रवर्द्धन गर्ने छ। रेलमार्गको निर्माण, उत्कृष्ट उत्पादन क्षमताको हस्तान्तरण आदि क्षेत्रमा अझ बढी प्रभावकारी प्रगति हासिल गर्न प्रयास गर्दै चीनले बित्तीय समर्थनलाई शक्तिशाली बढाउने भएको छ।

यसका अतिरिक्त प्रमुखख स्युले गत वर्ष अर्थात् सन्2015मा एक पेटी एक मार्गको निर्माणमा प्राप्त तीन ठूला महत्वपूर्ण प्रगति सम्बन्धी जानकारी दिनुभएको छ। उहाँका अनुसार यी तीन ठूला प्रगति भनेका एक पेटी एक मार्ग को समष्टिगत रुपरेखा योजना पूरा हुनु। दुई: उत्पादन क्षमता सहयोग सुचारु रुपमा सञ्चालनमा आउनु। र तीन वैदेशिक लगानीका परियोजनाबाट उपकरणको निकासको बृद्धिलाई प्रवर्द्धन गरिनु।

जानकारी तथा लेखहरु