फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय महिला दिवसबारे  द्बितीय सचिव सवित्रा ओलीको चर्चा

(GMT+08:00) 2016-03-09 09:09:16

    आज ८ मार्च विश्वभर 106औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। यो महिला जागरूकता सम्बन्धी दिवस हो। यो सर्वप्रथम् 1909 फेब्रुअरी 28 मा मनाइएको थियो।     1910मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो। राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन्।

     साथै यस वर्षको महिला दिवसको नारा सन् 2030सम्म ब्रह्माण्ड पचास-पचास भन्ने रहेको छ। नेपाल, चीनलगायत विश्वका अधिकाँश मुलुकले महिला अधिकार, महिला सशक्तिकरण र यस वर्षको नाराअनुरुप लैङ्गिक समानताका लागि आवाज बुलन्द गर्दै उक्त दिवस मनाएका छन्।

    यसै क्रममा पेइचिङ्गस्थित चीनका लागि नेपाली दूतावासका द्वितीय सचिव सावित्रा ओलीले यस अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ।


जानकारी तथा लेखहरु