फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विशेषता सहितको मूल कूटनीतिको व्याख्या

(GMT+08:00) 2016-03-14 18:11:11

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिन फिङ्गले सन् 2016को नव वर्षको शुभकामना सन्देशमा विश्व ठूलो छ, समस्या पनि धेरै छन् भन्दै समस्त अन्तर्राष्ट्रिय समाज चिनियाँ आवाज सुन्ने र चिनियाँ योजना हेर्ने प्रतिक्षामा रहेको उल्लेख गर्नु भएको थियो। प्रधानमन्त्री ली ख छ्याङले गत मार्च पाँच तारिख प्रस्तुत गर्नु भएको सरकारी कार्य-प्रतिवेदनमा पनि चीनले निरन्तर रुपमा शान्ति, विकास, सहयोग र साझा जितको झण्डा उठाएर चिनियाँ विशेषतायुक्त ठूलो देशको कूटनीति भन्ने विचारधारालाई व्यवहारमा उतार्दैजाने उल्लेख गर्नु भएको छ। यसका अतिरिक्त चीनका परराष्ट्र मन्त्री वाङ यीले गत मार्च आठ तारिख आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विशेषतायुक्त ठूलो देशको कूटनीतिक बाटोमा हिँडिरहेको उल्लेख गर्नु भएको छ।

चिनियाँ विशेषतायुक्त ठूलो देशको कूटनीतिको लक्ष्य राष्ट्रिय पुनरुत्थान हुने चिनियाँ सपनालाई अगाडि बढाउनु र मानव भाग्य समुदायको निर्माण गर्नु भन्ने हो। रणनैतिक छनौटमार्फत् आफ्नो शान्तिपूर्ण विकास गर्नुका साथै विश्वको शान्ति तथा विकासलाई अघि बढाउनु हो। आधारभूत सिद्धान्त सहयोग तथा साझा जितलाई केन्द्रिय बनाएको नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गर्नु हो। मुख्य उपाय विविध प्रकारका साझेदारी सम्बन्धको निर्माण गर्नु हो। मूल्य अभिमुखीकरण उचित परोपकार तथा लाभमुखी अवधारणाको पालना गरेर अन्तर्राष्ट्रिय मामिलामा न्यायको प्रसारण गर्नुका साथै राष्ट्रिय सम्बन्धमा परोपकारलाई प्रथम स्थानमा राखेर दुवै पक्षीय परोपकार तथा लाभको विचार गर्नु हो।

त्यसबाहेक चीनद्बारा प्रस्तुत भएको ठूलो देशको कूटनीति अन्तर्राष्ट्रिय मामिलालाई निर्देशन गर्नका लागि नभएर ठूलो देशले जिम्मेवारी वहन गरेको देखाउनु हो। दीर्घकालीन चीनको कूटनैतिक सिद्धान्त ठूलो र सानो मुलुक समान हुनुपर्ने हो। जो ठूलो वा सानो भएपनि बलियो वा कम्जोर मुलुक भएपनि विश्वमा उस्को समान स्थान रहनुपर्छ।

सन् 2015मा चीनको कूटनीतिक मामिला सारा विश्व मञ्चमा निकै आकर्षित भएको देखिएको छ। राष्ट्राध्यक्ष सी चिन फिङ्गले आठ पटक विदेश भ्रमण गरेर 42 दिनमा चारवटा महाद्बीपका चौधवटा मुलुकको भ्रमण गरी चीनको तर्फबाट विश्वसँग सम्पर्क राख्नुभएको र सम्झौता-वार्ता गर्नुभएको छ। त्यसो हुनाले उहाँ जहाँ पुग्नुभए पनि मानव जातिको भाग्यको एकरुपता पनि त्यहीँ पुग्छ भन्ने रोचक भनाइ सुन्न गरिन्छ।

जानकारी तथा लेखहरु