फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ प्रवर्द्धन विकास रणनीतिलाई चौतर्फी रुपमा लागू गर्नुपर्ने चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गको भनाइ

(GMT+08:00) 2016-03-14 18:11:57

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एबम् सैन्य आयोगका अध्यक्ष  समेत रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नवीनतालाई चिनियाँ कम्युनिष्ट पार्टीको निर्माण तथा विकासको महत्वपूर्ण स्थानमा राख्दै सुधार तथा नवीनताले रक्षा तथा सेनाको निर्माणमा नयाँ प्रगति हासिल गर्नुपर्ने कुरा बताउनुभएको छ। तेह्र तारिख दिउँसो बाह्रौं राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशनको कम्युनिष्ट पार्टी प्रतिनिधि मण्डल सम्मेलनमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो। राष्ट्राध्यक्ष सीका अनुसार तेह्रौं पञ्च वर्षिय अवधिमा सम्पन्न समाजको सम्पूर्ण निर्माणको केन्द्रीय अवधि मात्र नभइ रक्षा तथा सेनाको निर्माणको महत्वपूर्ण अवधि पनि हो। नवीनता विकासको प्रवर्द्धन गर्ने पहिलो शक्ति हो। अनि बैज्ञानिक सैनिक सिद्धान्त लडाकु शक्ति पनि हो। कम्युनिष्ट पार्टीले विकसित प्रविधिको विकासलाई जोड दिँदै नवीन उपलब्धिलाई वास्तविक जुझारु शक्तिमा परिवर्तन गर्नुपर्छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार नवीन सम्बन्धमा योग्य व्यक्तिले नै केन्द्रीय स्थान ओगटेको हुन्छ। उच्चस्तरीय योग्य जनशक्ति उत्पादन गर्नु, भित्र्याउनु, र प्रयोग गर्नु सम्बन्धी प्रणाली तथा नीतिको विकास गर्नुपर्छ। साथै सेनाको नवीनतालाई राष्ट्रिय नवीनता प्रणालीमा गाँसेर सेना तथा जनताबीचको मेलमिलापको गहन विकासका लागि प्रयास गर्नुपर्छ।

जानकारी तथा लेखहरु