फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशनमा 4 हजार 2 सय 48 प्रस्तावमाथि जाँचबुझ

(GMT+08:00) 2016-03-15 18:23:59

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशनबाट प्राप्त जानकारीअनुसार, राष्ट्रिय जनराजनैतिक परामर्शदात्री सम्मेलनअन्तर्गत प्रस्ताव समितिले 5 हजार 3 सय 75 प्रस्ताव प्रस्तुत गरी त्यसमध्ये 4 हजार 2 सय 48 प्रस्तावमाथि जाँचबुझ गरेको छ।

यी प्रस्तावहरुमध्ये 1 हजार 7 सय 83 आर्थिक निर्माणसित सम्बन्धित हुनुका साथै 4 सय 45 राजनैतिक निर्माणसँग सम्बन्धित रहेका छन्। त्यसबाहेक साँस्कृतिक निर्माणमा 2 सय 69 वटा, सामाजिक निर्माणमा 1 हजार 3 सय 34 वटा र पर्यावरणीय सभ्यताको निर्माणमा 4सय 17 वटा रहेका छन्।

यसपटकको अधिवेशनमा तीन विशेषता देखिएका छन्-पहिलो, 1 हजार 9 सय 72 जना सदस्यले प्रस्ताव प्रस्तुत गरेका छन्। यो संख्या सबै सदस्यहरुमा 89.1 प्रतिशत हो। दोस्रो, प्रस्तावको विषय मुख्यतः तेह्रौं पञ्चवर्षिय योजना, जनजीवनको प्रत्याभूति तथा सुधार आदि विषयसित रहेका छन्। तेस्रो, प्रस्तावको गुणस्तरमा अझ बढी ध्यान दिइएको छ।

जानकारी तथा लेखहरु