फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियाली पूर्वाधार लगानी बैंक-亚投行

(GMT+08:00) 2016-03-17 09:51:30


स्थिर र नियमित आर्थिक वृद्धिको पक्षमा रहेको चीनले नेपालको भौतिक पूर्वाधारको लगानीको लागि विशेष सहयोग गर्न सक्ने बताएको छ । यसको निम्ति एसियाली पूर्वाधार लगानी बैंक स्थापना भइसकेको छ । चीनले रेशमीमार्ग र एक्काइसौं शताब्दीको सामुन्द्रि रेशमी मार्गलाई अगाडि सारेको छ । यो कार्यक्रमबाट नेपालले पनि मनग्ये फाइदा लिनसक्छ ।

चीनले विश्वव्यापी रुपमा उच्च स्तरको स्वतन्त्र व्यापार सञ्जाल विकास गर्न प्रस्ताव पारित गरेको छ । नेपाल र चीन मिलेरस्वतन्त्र व्यापार सम्झौतको प्रबर्द्धनमा सहयोग गर्न सक्ने बताइएको छ । जसले पछि द्विपक्षीय व्यापार प्रबर्द्धन गर्न मद्दत मिल्नेछ । सन् 2015 मा चीनको आयात र निर्यात संसारलाई नेतृत्व गर्न सक्षम रहेको थियो । सन् 2010 देखि विश्व अर्थतन्त्रमा चीन पहिलो हुँदै आएको छ । चीनको वैदेशिक प्रत्यक्ष लगानी (FDI) 25 वर्षदेखि निरन्तर विकसित देशलाई नेतृत्व गरिरहेको छ । बाह्य प्रत्यक्ष लगानी (ODI) विश्वमा तेस्रो स्थान ओगटेको छ । चीन विश्वकै सबैभन्दा ठूलो विकसित देश हो ।

यसको अर्थतन्त्रको मद्दतले अल्प विकसित देशको गरिबी निवारण र जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । चीनले अन्तर्राष्ट्रिय विकास र समन्वयलाई प्रबर्द्धन गर्ने अपेक्षा पनि गरिएको छ । सन् 2014 मा चीनले एक बेल्ट र एक सडक नीति लिएको थियो । यो चीनको मात्र नभई सम्पूर्ण देशको नीतिका रुपमा अगाडि सार्न सकिनेमा चनि विश्वस्त छ । यो योजनालाई विश्वव्यापीकरण गर्न साझा विकास र समृद्धि गर्ने चीनको लक्ष्य हो । यसबाट आपसी फाइदा, विनिमय र समन्वय नीतिबाट व्यापार, मुद्रा, भौतिक पूर्वाधार, मानवता र संयुक्त सिद्धान्तको रुपमा अन्य काम गर्न सकिन्छ । नेपाल प्राचीन कालदेखि नै सिल्करोडको लागि महत्वपूर्ण कडी हो ।

जानकारी तथा लेखहरु