फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ शांगहाई प्रतिनिधि मण्डलको छलफलमा सहभागी

(GMT+08:00) 2016-03-06 10:15:06

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ केन्द्री सैन्य आयोगका अध्यक्ष सी चिन फिङले मार्च पाँच तारिख शांगहाई प्रतिनिधि मण्डलको छलफलमा सहभागी हुँदै नविनतम, समन्वय, हरियो, खुला, सँगसँगै उपभोगको विकास अवधारणालाई व्यवहारमा उतार्ने, सुधारलाई चौतर्फी रुपमा गहन पार्ने विभिन्न कदमलाई बढाउने कुरामा जोड दिनुभएको छ।

शांगहाई प्रतिनिधि मण्डलका आठ जना प्रतिनिधिले भाषणा गरेका छन्। सी चिन फिङले प्रतिनिधिको भाषण सुन्नुका साथै प्रतिनिधिहरुसँग छलफल गर्नुभयो। त्यसपछि उहाँले सरकारको कार्य प्रतिवेदन पूर्ण रुपमा स्वीकार गर्नुभयो। विगत एक वर्षमा शांगहाईले हासिल गरेको नयाँ उपलब्धिको सीले प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु