फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लान-मै सहयोग सम्बन्धी प्रथम सम्मेलनमा प्रधानमन्त्री लीले अवधारणा व्याख्या गर्नुहुने

(GMT+08:00) 2016-03-18 17:49:12

 लान्छाङ्ग नदी-मेखोङ्ग नदी अर्थात् लान-मै सहयोगको पहिलो नेतास्तरीय सम्मेलन यसै मार्च 23 तारिख हाईनान प्रान्तको सान यामा आयोजना हुने भएको छ। चिनियाँ राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गको निमन्त्रणामा कम्बोडिया, लाओस, म्यानमार, थाईल्याण्ड, भियतनाम गरी पाँच मुलुकका नेताहरुले यस सम्मेलनमा भाग लिनेछन्। यसबारे चिनियाँ उप परराष्ट्र मन्त्री ल्यु चन मिनले जानकारी दिनुभएअनुसार नेतास्तरीय तहमा लान-मै सहयोग प्रणालीको औपचारिक प्रवर्द्धन गर्ने लक्ष्य लिँदै चीनले यस क्षेत्रीय सहयोगलाई चीन र यी पाँच मुलुकबीचको नयाँ सहयोगात्मक मञ्चको रुपमा अपनाउने आशा गरेको छ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री लीले लान-मै सहयोग प्रणालीको विकासका लागि चीनको अवधारणा व्याख्या गर्दै श्रृँखलाबद्ध सहयोगात्मक सुझाव तथा कदमबारे सम्बोधन गर्नुहुने छ।

जानकारी तथा लेखहरु