फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्री नीजि कम्पनीको विमानद्वारा चीन भ्रमणमा

(GMT+08:00) 2016-03-20 15:19:16

        प्रधानमन्त्री केपी शर्मा ओली आइतबार निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाजबाट चीन भ्रमणमा निस्कनुभएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यसपालि प्रधानमन्त्रीकै कारण नियमित सरकारी उडानलाई प्रभावित गर्न नचाहेकाले यस्तो निर्णय गर्नुभएको हो। यसअघि राष्ट्रप्रमुख वा सरकारप्रमुख विदेश भ्रमणमा जाँदा निगमकै जहाज लैजाने चलन थियो।

        युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए320–214' सिरिजको 1 सय 58 सिट क्षमतायुक्त जहाज 'स्पेसल चार्टर' गरी प्रधानमन्त्री ओली चीनको राजधानीका लागि उड्नुभएको हो। उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार काठमाडौं–बेइजिङ सिधा उडान गर्ने वायुसेवा अहिले छैनन्। राष्ट्रिय ध्वजावाहक निगमबाट प्रस्ताव नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्राधिकरणलाई उडान व्यवस्थापन मिलाउन पत्राचार गरेको थियो। परराष्ट्र मन्त्रालयले पनि हिमालयलाई पत्राचार गरी प्रधानमन्त्री भ्रमणका लागि जहाज उपलब्ध गराउन आग्रह गरेको एक सरकारी अधिकारीले जानकारी दिए।

         प्राधिकरणले हिमालयको उक्त जहाजलाई '9एन–एएलएम' कलसाइन दिएको छ। जहाजमा आठ बिजनेस क्लास र 1 सय 50 इकोनोमी क्लास सिट छन्। हिमालयले फागुन 26 गते यो जहाज चीनको छङ्तुबाट काठमाडौं ल्याएको थियो।आएको पर्सिपल्टै उडान परीक्षण सफल पारेपछि प्राधिकरणले यसलाई 'उडानयोग्यता प्रमाणपत्र' दिएको थियो। हिमालयले नियमित व्यापारिक उडान सुरु गर्नुअघि नै प्रधानमन्त्री ओली यसको जहाज चार्टर गरी चीनभ्रमणमा आउनुभएको हो। हिमालयमा नेपाली कम्पनीको 51 प्रतिशत र तिब्बतको 49 प्रतिशत लगानी रहेको नागरिकन्यूजमा खबर छ।

जानकारी तथा लेखहरु