फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विकासबाट नेपालले लाभ लिनसक्ने प्रधानमन्त्री ओलीको विश्वास

(GMT+08:00) 2016-03-20 15:20:07

         यसै मार्च बीस तारिख नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओलीले चीनमा आयोजना हुने पोआउ एशिया मञ्च 2016 सम्मेलनमा भाग लिनुभई चीनको औपचारिक भ्रमण पनि गर्नुहुनेछ। उन्नाइस तारिख काठमाडौंस्थित प्रधानमन्त्री कार्यालयमा ओलीले चीनको सिन्ह्वा समाचार समितिलाई अन्तर्वार्ता दिँदै छिमेकी चीनको द्रूत विकासबाट नेपालले लाभ प्राप्तगर्ने इच्छा व्यक्त गर्नुभयो। मित्रता तथा समर्थन पाउनु नै चीन भ्रमणको मुख्य उद्देश्य रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो।

         चीन-नेपालबीच सबैभन्दा महत्वपूर्ण काम मित्रता तथा समर्थन हो र मित्रताबाटै आपसी सहयोगको लागि निरन्तर श्रोत खुल्दै जाने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो। चीनको एक क्षेत्र एक मार्गको निर्माणमा सक्रिय सहभागिताका विषयमा छलफल गर्नु प्रधानमन्त्री ओलीको चीन भ्रमणको एक मुख्य विषय सूची हो। चीनले प्रस्तुत गरेको सो प्रस्तावबाटै लामो इतिहास बोकेको चीन-नेपाल आर्थिक आवतजावतमा नयाँ जीवन्त शक्ति थप्ने विश्वास पनि ओलीले गर्नुभएको छ। थाहा भए अनुसार, प्रधान मन्त्री ओलीको प्रतिनिधि मण्डलमा नेपालको राजनैतिक तथा व्यापारिक क्षेत्रका लगभग नब्बे जना समेटिएका छन्। प्रधानमन्त्री ओलीले चीनमार्फत् नै नेपालले विश्वसँग अझ स्वतन्त्र तथा व्यापक व्यापार गर्ने आशा लिएको बताउनुभएको छ। साथै उहाँले अझ बढी चिनियाँहरु नेपालमा लगानी गर्ने आशा पनि प्रकट गर्नुभएको छ।

         पोआउ एशिया मञ्चमा प्रधानमन्त्री ओलीले दिनुहुने भाषणको मुख्य विषयवस्तु चीनको नयाँ रणनीति तथा एशियाको पुनरुत्थान हुने बताइएको छ। नेपालले चीनसँगै हातमा हात मिलाएर एशियाको क्षेत्रीय शान्ति तथा विकासको प्रवर्द्धन गर्नुपर्ने ओलीले बताउनुभयो।

जानकारी तथा लेखहरु