फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङद्बारा चीनको आर्थिक विकासका तीन नयाँ शक्ति उजागर

(GMT+08:00) 2016-03-24 16:57:42

        पोआउ एशियाली मञ्च सन् 2016 को वार्षिक सम्मेलनको उद्घादन समारोह आज मार्च चौब्बीस तारिख चीनको हाइनान प्रान्तको पोआउमा आयोजना भयो। चीनका प्रधानमन्त्री ली ख छ्याङले उद्घादन समारोहमा सम्बोधन गर्नुभयो। उहाँले चीनको आर्थिक स्थिरता र दीर्घकालीन विकास गर्नका लागि नयाँ शक्ति थप गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ शक्तिका तीनवटा तत्वहरुमा खुला र सुधार, पुनर्गठन, जीवनस्तर सुधार हुन् भनी औँल्याउनु भएको छ।

         उहाँले सम्बोधनमा एशियाली विभिन्न मुलुकले शान्ति र स्थिरताको संयुक्त रुपमा सुरक्षा गर्ने, आर्थिकबृद्धि बढाउने, साझा विकासलाई गहन पार्ने, खुला र समावेशी बनाउने र सिर्जनात्मक बनाउन आह्वान गर्नुभयो।

        आफ्नो सम्बोधनको सुरुमा प्रधानमन्त्री लीले बेल्जियम बम विस्फोटनमा मृत्यु भएकाहरुप्रति सम्वेदना व्यक्त गर्नुका साथै सबै प्रकारका आतंकबादको विरोधमा जोड दिनुभयो।

जानकारी तथा लेखहरु